समाचारबिहीबार, फाल्गुण ६, २०७२
मन्त्रिपरिषद् बैठक: ऊर्जा सङ्कट कार्ययोजना स्वीकृत
मन्त्रिपरिषद्को बैठकले आगामी दुई वर्षभित्र ऊर्जा सङ्कटकाल अन्त्य गर्ने एक कार्ययोजनालाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशक घोषणा गर्दै एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्णरुपमा मुलुकलाई विद्युत् कटौती मुक्त बनाउने गरी निश्चित कार्ययोजना सार्वजनिक गर्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
बैठकले २१ उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ । भारत भ्रमणको कार्यसूचीलगायतका विषयमा छलफल गर्न आजै साँझ मन्त्रिपरिषद्को बैठक बस्नेछ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>