समाचारबिहीबार, फाल्गुण ६, २०७२
सुगौलीमा नेपाली ट्याङ्कर लुटियो
नेपालबाट इन्धन लिन भारत गएको नेपाली ट्यांकर ६ फागुन बिहान भारतको सुगौलीबाट लुटिएको छ ।
भारतको बरौनीस्थित भारतीय आयल निगम कर्पोरेशनको डिपोबाट इन्धन लिएर आउँदै गरेको ना ४ ख ३१५२ नम्बरको ट्यांकर भारतको सुगौलीबाट अपरिचित व्यक्तिहरुले लुटेर लगेका हुन् ।
ट्यांकरका चालक र सहचालकलाई आँपको रुखमा डोरीले बाँधेपछि लुटेराहरुले तेल सहितको ट्याङ्कर लुटेर लगेको वीरगञ्ज पेट्रोलियम ढुवानी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवले जानकारी दिए ।
“ट्यांकरका चालक र सहचालकलाई आँपको रुखमा डोरीले बाँधेर छोडेका रहेछन् । ट्याङकर अझै फेला परेको छैन,” उनले भने, “वीरगञ्जका अमरजित सिंह (सौकी सिंह) को ट्याङ्कर लुटिएको हो ।”
भारतीय सीमा सुरक्षा बल एसएसबीले पनि ट्यांकर लुटिएको घटनाको पुष्टी गरेको दैनिक जागरणका स्थानीय समाचारदाता रघुवेन्द्र त्यागीले बताए ।
सुगौली थानाको भारतीय प्रहरी र एसएसबीको टोलीले ठाँउ ठाँउमा छापामारी गरेर ट्याङ्करको खोजतलास गरिरहेको छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
