Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
‘प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलाएपछि संविधानको स्वागत भएन र ?’ प्रम ओली - Himalkhabar.com

समाचारबिहीबार, फाल्गुण ६, २०७२

‘प्रधानमन्त्रीलाई राजकीय भ्रमणमा बोलाएपछि संविधानको स्वागत भएन र ?’ प्रम ओली

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण पारस्परिक विश्वासको आधार निर्माणमा केन्द्रित हुने र भारतसँग कुनै नयाँ सहमति तथा सम्झौता नहुने बताएका छन् ।

६ फागुनमा भारतभ्रमण बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली: तस्वीर गोपेन राई

६ फागुनमा भारतभ्रमण बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली: तस्वीर गोपेन राई

भारत जानुभन्दा एक दिनअघि ६ फागुनमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले भने, “आपसी सम्बन्धमा पहिले विश्वासको आधार निर्माण गर्नुपर्‍यो, भत्केको विश्वासको जग बनाउनुपर्‍यो, मेरो भ्रमण त्यसमै केन्द्रित हुनेछ ।”

आफ्नो भ्रमणलाई ‘अजेण्डा विनाको भ्रमण’ बताएका प्रधानमन्त्री ओलीले भ्रमणको कुनै पूर्वनिर्धारित अजेण्डा नहुनु नै सबैभन्दा ठूलो अजेण्डा भएको बताए ।

“हामी मित्रता, सहअस्तित्व र पारस्परिक सम्मानको भाव लिएर जाँदैछौं, भारतबाट पनि त्यही मित्रताको अपेक्षा गर्छौं” प्रधानमन्त्री ओलीले भने । आफूले भारत भ्रमणबारे व्यवस्थापिका संसद, प्रमुख राजनीतिक दल लगायत सरोकारवाला हरेक पक्षलाई जानकारी गराएको, पूर्व राजदुतहरुदेखि विज्ञहरुको राय लिएको र सबैको सुझावलाई आत्मसात गर्दै मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक खण्डता र राष्ट्रिय हितमा तलमाथि हुन नदिने उनले बताए । प्रधानमन्त्रीले भने, “यस भ्रमणबाट कुनै विवादास्पद काम गर्दैनौं, देशलाई अहित हुने कुनै काम हुँदैन ।”

प्रधानमन्त्री ओलीले ‘चिनिया कार्ड’ खेलेको भनेर भारतको एउटा तप्काले लगाइरहेको आरोपको प्रतिवाद गर्दै नेपालले कसैको पक्ष वा विपक्षमा कार्ड नखेलेको र नखेल्ने प्रष्ट पारे । “हामी हाम्रा दुवै छिमेकीसँग मित्रता राख्न, बढाउन चाहन्छौं, पारस्परिक सम्मान र लाभका आधारमा अघि बढ्न चाहन्छौं” प्रधानमन्त्रीले भने, “सरकार डिप्लोमेसीमा हैन इमानमा विश्वास गर्छ, मित्रतामा विश्वास गर्छ, परिस्कृत भाषामा हैन स्तरीय व्यवहारमा विश्वास गर्छ र त्यसैगरी प्रस्तुत हुन्छ । सरकारले कसैका विरुद्ध कसैलाई प्रयोग गर्दैन, आफ्नो देशको हितमा काम गर्छ ।”

नेपाल र भारतबीचको सम्बन्धमा केही महिनायता असमझदारी बढेको र त्यसले पारेका गम्भीर असरहरु कायमै रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भारतसँगको पुरानो, ऐतिहासिक र मित्रतापूर्ण सम्बन्धलाई पुरानै बाटोमा फर्काएर आजको परिस्थिति अनुसार दुवै देशको पारस्परिक सम्मान र लाभलाई ध्यानमा राखेर उचाइमा पुर्‍याउने पहल आफ्नो भ्रमणमा हुने बताए ।

“यो दुवै पक्षले उच्च महत्व दिएको राजकीय भ्रमण हो” प्रधानमन्त्री ओलीले भने, “हामीले मित्रतापूर्ण सम्बन्ध र मित्रतापूर्ण व्यवहारको अपेक्षा गरेका छौं, त्यो गर्न हामी पनि प्रतिबद्ध छौं ।”

भारतसँग बिग्रेको सम्बन्ध सुधारको प्रयास शुरु भइसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले आफूलाई बोलाउनु नै त्यसको आधार भएको दाबी गरे । उनले भने, “मलाई भारत भ्रमणमा बोलाएको नै मित्रताका लागि हो ।”

भारतले अहिलेसम्म संविधानको स्वागत नगरेको र संविधानलाई नै निहुँ बनाएर नाकाबन्दी गरेको प्रसंगमा प्रधानमन्त्रीको भनाइ थियो, “नयाँ संविधान अनुसार निर्वाचित र संविधानसभाबाट रुपान्तरित संसदले निर्वाचित गरेको प्रधानमन्त्रीलाई नै राजकीय भ्रमणमा आमन्त्रण गरेपछि संविधानको स्वागत नगरेको भन्न मिल्छ र ?”

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>