समाचारशुक्रबार, फाल्गुण ७, २०७२
न्याय माग्दै धर्ना बसेका अधिकारकर्मी र पीडितहरु पक्राउ
गंगामाया अधिकारीलाई न्याय दिन माग गर्दै शाही सैनिक मञ्च टुडिखेलमा धर्ना दिन पुगेका मानव अधिकारकर्मी र द्वन्द्वपिडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याको अभियोग लागेका छवीलाल पौडेललगायतलाई पक्राउ गरी मुद्दा चलाउन सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्न आफूहरुले माग राखेको मानवअधिकारकर्मी चरणप्रसाइँले जानकारी दिए ।
धर्नामा रहेका अधिकारकर्मी र पीडितहरु १२ जनालाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।
पक्राउ परेकाहरुमा चरण प्रसाई, जनक राउत, कनकमणि दीक्षित, रसना ढकाल, सावित्री श्रेष्ठ, विक्रम चौधरी, राम भण्डारी, डिपी अधिकारी, महामुनिश्वर आचार्य लगायत छन् ।
उनीहरु ‘ओली सरकार न्याय देऊ, गंगामायाको ज्यान बचाऊ, ओली सरकार आँट देखाऊ’ भन्ने नाराका साथ धर्नामा बसेका थिए ।
छोराका हत्यारालाई कार्वाहीको माग गरिरहेकी गंगामायाको स्वास्थ्य अवस्था विग्रेपछि उनलाई वीर अस्पतालबाट गंगालाल हृदयकेन्द्रमा सारिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
