थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२

कांग्रेस कैलालीको सभापतिमा शाह निर्वाचित

हिमालखबर

नेपाली कांग्रेस कैलाली जिल्ला कार्यसमितिको सभापतिमा पुनः नरनारायण शाह ‘मनु’ निर्वाचित भएका छन् ।

जिल्ला सभापतिलगायतका पदमा ६ फागुनमा भएको निर्वाचनमा शाहले ४१६ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

सभापतिका अर्का उम्मेदवार भीम बडुवालले २५७ मत प्राप्त गरेका थिए । सभापतिमा उम्मेदवारी दिएका तीनजनाले पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि कांग्रेसको विधानअनुसार दोस्रो चरणको निर्वाचन गरिएको निर्वाचन अधिकृत मदन रेग्मीले बताए ।

पहिलो चरणको निर्वाचनमा सभापतिका उम्मेदवार शाहले ३३१, भीम बडुवालले १६० र गणेश देउवाले १६० मत प्राप्त गरेका थिए । समान मत पाउने बडुवाल र देउवाबीच गरिएको गोला प्रक्रियाबाट बडुवालले दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए ।

जिल्ला कार्यसमितिको सचिवमा पूर्ण कुँवर र कोषाध्यक्षमा सेवकराम चौधरी निर्वाचित भएका छन् ।

असन्तुष्ट पक्षबाट मतपेटिका तोडफोडको प्रयास भएपछि यसअघि गएको माघ २५ मा भएको निर्वाचन स्थगित गरिएको थियो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...