समाचारशुक्रबार, फाल्गुण ७, २०७२
कांग्रेस नेता खड्का प्रधानमन्त्रीसँग भारत नजाने
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खडका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको भारतभ्रमण टोलीमा सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओलीको भारत भ्रमणमा जाने प्रतिनिधिमण्डलमा पूर्वगृहमन्त्री समेत रहेका खड्कालाई विपक्षी दलकातर्फवाट समावेश गरिएको थियो ।
खड्काले आसन्न महाधिवेशनले कार्यव्यस्तता बढाएकाले भारत भ्रमणमा जान नसक्ने बताए ।
“महाधिवेशनको तयारीमा व्यस्त छु, यसैबीच केन्द्रीय समितिको बैठक पनि छ, त्यसैले भ्रमण स्थगित गर्नुपरेको हो,” उनले भने ।
पार्टीको १३ औं महाधिवेशनका बारेमा केन्द्रीय समितिमा महत्वपूर्ण छलफल हुने भएकाले आफू भारत जान नसक्ने प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।
प्रधानमन्त्री ओलीको नेतृत्वमा ५२ सदस्यीय नेपाली टोली आज ७ फागुन दिउँसो ३ बजे भारत भ्रमणमा जाँदैछ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
