थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२

भारतमा लुटिएको ट्यांकर फेला पर्‍यो

हिमालखबर

भारतको सुगौलीबाट लुटिएको इन्धन सहितको नेपाली टयाङकर फेला परेको छ ।

भारतको बरौनीमा रहेको आइओसीको डिप्पाबोट तेल भरेर आउँदै गरेको ना ४ ख ३१५२ नम्बरको ट्यांकर ६ फागुन बिहान भारतको सुगौली नजिकैबाट लुटेराहरुले लुटेर लगेका थिए ।

लुटिएको टयाङकर भारतको बेतिया नजिकको गाँउबाट बेलुकी इन्धनसहित भेटिएको वीरगञ्ज पेट्रोलिम ढुवानी व्यवसायी संघका बरिष्ठ उपाध्यक्ष सुरेन्द्र श्रीवास्तवले बताए ।

श्रीवस्तवका अनुसार टयाङकर लुटिएको खबर पाउने बित्तिक्कै टयाङकर धनी सौकी सिंह सहितको टोली वीरगञ्जबाट सुगौली गएको थियो । उनीहरुले भारतीय प्रहरीको सहयोगमा खोजतलाश गर्दा टयाङकर बेतिया नजिकको गाउँमा वेवारिसे अवस्थामा फेला परेको हो ।

टयाङकर खोज्न गएको टोली वीरगञ्ज आएपछि मात्रै घटनाका बारेमा विस्तृत जानकारी आउने उनले बताए ।

सुगौली र रामगढवाको बिचमा पर्ने बेलामुडला भन्ने गाँउबाट अपरिचित व्यक्तिहरुले चालक र सहचालकलाई नियन्त्रणमा लिई रुखमा बाँधेर इन्धनसहितको टयाङकर लुटेका थिए ।
सुरेश विडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>