थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२

मकवानपुरका भूकम्प पीडितलाई ४८ वटा हाते ट्याक्टर

हिमालखबर

जिल्ला कृषि विकास कार्यालय मकवानपुरले जिल्लाको उत्तरी क्षेत्रका भूकम्प पीडित किसानहरुका लागि ४८ वटा हाते ट्याक्टर वितरण गरेको छ ।

tractorकृषक समूहमा आवद्ध किसानहरुका लागि अन्तराष्ट्रिय मकै तथा गहुँ अनुसन्धन कार्यक्रम, शिशा नेपालको भूकम्पीय क्षति पुनःस्थापना कार्यक्रमको ९५ प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरिएको हो ।

भूकम्प पीडितहरुको आर्थिकस्तर कृषिका माध्यमबाट उकास्ने उद्देश्यले कृषी उपकरण वितरण गरिएको कृषि विकास कार्यालय मकवानपुरका वरिष्ठ कृषि विकास अधिकृत निर्मल गदालले बताए ।

कार्यालयले ६ माघमा ४८ कृषक समूह तथा सहकारीलाई ४८ वटा खेत जोत्ने हाते ट्याक्टर थाहा नगरमा एक समारोहकाबीच वितरण गरेको हो ।

तरकारी उत्पादनको पकेट क्षेत्र मानिएको दामन, पालुङ, फाखेल, चित्लाङ लगायतका क्षेत्रका किसानहरुलाई मिनी टिलर वितरण गरिएको कृषि सेवा केन्द्र दामनका प्रमुख विजयचन्द्र झाले बताए ।

वितरण गरिएका ट्याक्टरहरु ४५ हजारदेखि ८५ हजार मूल्य सम्मका छन् ।
सुरजकुमार भुजेल, मकवानपुर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>