थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२
मोर्चाद्वारा राजनीतिक संयन्त्र अस्वीकार
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमाकंन विवाद मिलाउन सरकारले गठन गरेको राजनीतिक संयन्त्र अस्वीकार गर्ने निर्णय गरेको छ ।
मोर्चामा आवद्ध सात दलका दोस्रो तहका नेताहरुको बैठकले प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण देखाउन बनाइएको संयन्त्र अस्वीकार गर्ने निर्णय गरेको हो । आन्दोलनरत पक्षलाई वेवास्ता गर्दै गठन गरिएको संयन्त्रले समस्या समाधान हुन नसक्ने जनाइएको छ ।
माग पूरा नगरी संविधान संशोधन गर्दै अघि बढेको प्रमुख तीन दलले संयन्त्र गठनमा समेत मोर्चालाई वेवास्ता गरिएको मोर्चाले उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>