थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२

बाह्रखरी डट कम शुरु

हिमालखबर

12khariपत्रकार प्रतिक प्रधानको नेतृत्वमा बाह्रखरी डट कम समाचार पोर्टल शुरु भएको छ ।

लोकतान्त्रिक मूल्यमान्यता र राष्ट्रियताप्रति प्रतिवद्ध रही राजनीतिक र सामाजिक विषयलाई केन्द्रमा राखेर बाह्रखरीले समाचार सम्प्रेषण गर्ने प्रधानसम्पादक प्रधानले बताए ।

थापाथलीमा कार्यालय रहेको बाह्रखरी डट कमको आजै उद्घाटन गरिएको हो ।

बाह्रखरीमा गोविन्द अधिकारी सम्पादक छन् भने कार्टूनिष्ट राजेश केसी पनि आवद्ध छन् ।

अहिले १५ जनाको ‘टिम’ले बाह्रखरी सञ्चालन गर्ने लगानीकर्ता समेत रहेका प्रधानले जानकारी दिए ।

बाह्रखरीको ‘वेभसाइट’ प्राविधिक कारणले ‘डाउन’ रहेको र केही बेरमै सुचारु हुने पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...