Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान - Himalkhabar.com

समाचारशुक्रबार, फाल्गुण ७, २०७२

प्रधानमन्त्री ओली नयाँ दिल्ली प्रस्थान

हिमालखबर

oliप्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ४६ सदस्यीय उच्च प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नयाँदिल्ली प्रस्थान गरेका छन् ।

भारतको ६ दिने राजकीय भ्रमणका लागि प्रस्थान गर्नुअघि प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशष्ट कक्षमा सभामुख ओनसरी घर्ती तथा उपप्रधानमन्त्रीहरुले बिदाई गरे ।

प्रधानमन्त्रीको बिदाईका लागि संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु, सांसद, सरकारका उच्च पदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, विमानस्थलमा उपस्थित थिए ।

उक्त अवसरमा नेपाली सेनाले प्रधानमन्त्रीको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो । संविधानसभाबाट संविधान जारी भएपछि निर्वाचित प्रधानमन्त्री ओलीको भारत पहिलो विदेश भ्रमण हो ।

भ्रमण टोलीमा प्रधानमन्त्री ओलीका साथ उनकी धर्मपत्नी राधिका शाक्यका साथै उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल छन् ।

त्यस्तै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, व्यवस्थापिका–संसद्का विभिन्न पार्टीका सदस्य, मुख्यसचिव डा सोमलाल सुवेदी र सम्बन्धित सचिव तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधि पनि भ्रमण दलमा संलग्न छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आतिथ्यतामा राष्ट्रपति निवास सप्रु भवनमा रहनेछन् । प्रधानमन्त्री ओली भ्रमणका बेला आजै भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनेछन् ।

प्रधानमन्त्री ओली ८ फागुनमा राष्ट्रपति भवनमा आयोजना गरिने विशेष स्वागत समारोहमा सरिक हुनेछन र उनले सेनाको सम्मान गारथ ग्रहण गर्नेछन् । । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ ।

सोही दिन प्रधानमन्त्री ओलीले हैदराबाद भवनमा भारतीय प्रधानमन्त्रीसँग द्विपक्षीय औपचारिक बैठक गर्नेछन् ।

भारतीय विदेशमन्त्री, वित्तमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकार लगायत विभिन्न दलका नेताहरु सँग ओलीको भेटघाट र छलफल हुने कार्यक्रम छ । भ्रमणका क्रममा उनले भारतका उद्योगी, व्यवसायी, संचारकर्मी र भारतमा रहेका नेपाली समुदायका सदस्यसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओली राजधानी दिल्लिमा हुने भेटघाटबाहेक राजधानी बाहिरका ३ वटा प्रदेशमा पनि जाने कार्यक्रम छ।

उत्तराखण्डको तेहरी बाँध जलविद्युत आयोजना, भूकम्पपछि गुजरातमा भएको पुनर्निर्माणको कामको पनि प्रधानमन्त्री ओलीले निरिक्षण गर्ने कार्यक्रम रहेको छ।

जाँदा दिल्ली पुग्ने प्रधानमन्त्री, फर्किदा भने मुम्बइबाट सीधै नेपाल आउने कार्यक्रम रहेको छ।

आफ्नो भारत भ्रमण दुई देशबीचको असमझदारी अन्त्य गर्दै सम्बन्ध सुधारतर्फ केन्द्रित हुने प्रधानमन्त्रीले बताएका छन्।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>