थप समाचारशुक्रबार, फाल्गुण ७, २०७२

सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप

हिमालखबर

सप्तरीको भारदहमा सिके राउतका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।

तस्वीर: श्रवणकुमार देव

भारदहमा प्रदर्शनमा उत्रिएका गठबन्धनका कार्यकर्ता । तस्वीर: श्रवणकुमार देव

भारदहमा स्वतन्त्र मधेशको माग राख्ने सिके राउत नेतृत्वको ‘स्वतन्त्र मधेश गठबन्धन’ ले आयोजना गरेको कार्यक्रमबाट प्रहरीले तीन जना कार्यकर्तालाई नियन्त्रणमा लिई कार्यक्रम बिथोलिदिएपछि झडप भएको हो ।

७ फागुन बिहान भारदहस्थित बीपी माविको प्राङ्गणमा गठबन्धनद्वारा आयोजना गरिएको एक कार्यक्रमस्थलबाट प्रहरीले श्यामसुन्दर मण्डल दिनेश्वर शर्मा र सुरेन्द्र मण्डललाई नियन्त्रणमा लिएपछि त्यसविरुद्ध भएको प्रदर्शनमा झडप भएको हो ।

प्रहरीको लाठी प्रहारबाट घाइते गठबन्धनका कार्यकर्ताहरु राजनारायण यादव, शिबशंकर यादव, पंकज सिंह, पिन्टु यादवको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>