खेलकुदशुक्रबार, फाल्गुण ७, २०७२

बीपीसी म्याराथनमा मुखिया र कार्की प्रथम

हिमालखबर

वीरगञ्जमा आयोजित साढे तीन किलोमिटर लामो वीरगञ्ज पब्लिक कलेज म्याराथन प्रतियोगिताको छात्रतर्फको उपाधि प्रिन्स मुखिया र छात्रातर्फको उपाधि शिवाङ्गी कार्कीले जितेका छन् ।

race for madhesh 4  (1)‘समृद्ध मधेश, समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ वीरगञ्ज पब्लिक कलेजले ७ फागुनमा आयोजना गरेको हाफ म्याराथन दौड प्रतियोगितामा छात्र तर्फ राजेश महतो द्वितिय, र सुशान्त मिश्रा तृतीय भए । छात्रातर्फ कविता यादव द्वितीय र अनिता थापा तृतीय भईन् ।

विजेताहरुलाई गौतम माविका सञ्चालक निमा लामा र विपीसी कलेजका कार्यकारी निर्देशक दिपक शाक्यले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा वीरगञ्जका विद्यार्थीहरुले भाग लिएका थिए ।

घण्टाघरबाट शुरु भएको दौड माईस्थान, घडिअर्वा, आर्दशनगर, अलखिया मठ, विर्ता मन्दिर, गहवा, घण्टाघर, भारतीय दूतावास हुँदै मुर्ली बगैचामा पुगेर सम्पन्न भएको थियो ।

सामाजिक सद्भाव बढाउने उद्देश्यले म्याराथान आयोजना गरिएको वीरगञ्ज पब्लिक कलेजका निर्देशक दिपक शाक्यले बताए ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>