समाचारशुक्रबार, फाल्गुण ७, २०७२
मानवअधिकार उल्लंघनका घटना बढे
नेपालमा सन् २०१५ मा मानवअधिकार उल्लङ्घनका घटनामा वृद्धि भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले जनाएको छ ।
सन् २०१४ मा मानवअधिकार उल्लंघनबाट ५ हजार ३८९ जना पीडित भएकोमा सन् २०१५ मा ६ हजार ३५७ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले गैरराज्य पक्षबाट ५ हजार १२२ जना र राज्य पक्षबाट १ हजार २३५ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीबाट पीडित भएको जनाएको छ ।
यसमध्ये राज्य पक्षबाट ११५ जना महिला र १ हजार १२० पुरुष तथा गैरराज्य पक्षबाट ४ हजार ५२५ महिला र ५९६ पुरुष पीडित भएका छन् ।
प्रतिवेदनका अनुसार प्रदेशको सीमाङ्कनको विरोधमा भएको आन्दोलनका क्रममा यस वर्ष एक भारतीय नागरिकसमेत ४९ जनाले ज्यान गुमाएका छन् ।
तीमध्ये राज्यपक्षबाट ३४ जना (पाँच जना बालबालिका समेत) र गैरराज्यपक्षबाट १३ जना (१० जना प्रहरी, एक बालक र अन्य दुई ) साथै अन्यपक्षबाट दुई जनाको मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ ।
यसवर्ष मध्यतराईमा भएको आन्दोलनका कारण त्यस क्षेत्रका जनता मानव अधिकार उल्लङ्घनका घटनाबाट बढी पीडित भएका छन् ।
२०७२ वैशाखको भूकम्पका कारण लामो समय विद्यालय बन्द भएलगत्तै शुरु भएको मधेश आन्दोलन तथा भारतीय नाकाबन्दीका कारण १६ लाखभन्दा बढी बालबालिकाको भविष्य असुरक्षित भएको प्रतिवेदनमा उल्लेख छ ।
तराई मधेशमा भएको आन्दोलनका क्रममा रूपन्देही, धनुषा, महोत्तरी र कैलालीमा गरी ६ जना बालबालिका मारिए ।
इन्सेकको प्रतिवेदनमा ४९२ बालिका बलात्कृत भएको, २०० जना यौन दुव्र्यवहारबाट पीडित भएको र ३६ बालबालिका बेचविखन तथा ओसारपसार घटनाबाट पीडित भएको उल्लेख छ ।
निर्मला भट्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
