समाचारशुक्रबार, फाल्गुण ७, २०७२
कांग्रेस बाँकेमा किरण कोइराला निर्वाचित
नेपाली कांग्रेस बाँकेको सभापतिमा किरण कोईराला निर्वाचित भएकी छिन् ।
७ फागुनमा भएको निर्वाचनबाट ३५८ मत ल्याई कोइराला निर्वाचित भएकी हुन् ।
२५ माघमा भएको निर्वाचनबाट कसैले पनि स्पष्ट बहुमत ल्याउन नसकेपछि आज पुनः निर्वाचन भएको हो ।
उनका निकटतम प्रतिद्वन्द्वी निरन्जनसिंह सिजापतिले २१७ मत मात्रै ल्याए ।
यसअघि भएको पहिलो चरणको निर्वाचनबाट जिल्ला सचिवमा तप्त पौडेल र कोषाध्यक्षमा निजामुद्धिन सिद्धिकी (मुन्ना) निर्वाचित भएका थिए ।
नवनिर्वाचित सभापति किरण कोइराला दिवंगत नेता सुशील कोईरालाकी भाई बुहारी एवम् कांग्रेस बाँकेका पूर्व सभापति स्व. अरुण कोईरालाकी पत्नी हुन् ।
केशव राना, बाँके
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
