समाचारशुक्रबार, फाल्गुण ७, २०७२
प्रधानमन्त्री ओली नयाँदिल्लीमा
भारतको ६ दिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।
इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न विदेशमन्त्री सुष्मा स्वराजसहित नेपाली राजदूत दीपकुमार उपाध्याय, नेपालका लागि भारतका राजदूत रणजित राय, प्रवासी नेपाली सङ्घका अध्यक्ष लोकनाथ भण्डारी र भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी उपस्थित थिए ।
प्रधानमन्त्री ओली छैसट्ठीऔँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राजदूत उपाध्यायले आजै साँझ बारखम्बा रोडस्थित नेपाली राजदूतावासमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
