समाचारशुक्रबार, फाल्गुण ७, २०७२

नक्कली परीक्षार्थी मण्डलको काउन्सिल दर्ता खारेज

हिमालखबर

Mandal1नेपाल मेडिकल काउन्सिलले १२ मंसीरमा भएको दर्ता प्रमाणपत्र परीक्षामा नक्कली परीक्षार्थीका रुपमा भेटिएका डा. सुशीलकुमार मण्डललाई निलम्बन गरेको छ ।

२८ माघमा काउन्सिलको व्यावसायिक आचरण समितिको सिफारिसमा पूर्ण बैठकले मण्डलको काउन्सिल दर्ता नं. १४२६० तत्कालका लागि खारेज गर्दै निलम्बन गरेको हो । मेडिकल काउन्सिलमा दर्ता नभएका चिकित्सकले नेपालमा काम गर्न पाउँदैनन् ।

मण्डलविरुद्ध अदालतमा चलिरहेको मुद्दाको अन्तिम किनारा नलागेसम्म दर्ता प्रमाणपत्र परीक्षा दिन नपाउने निर्णय गरेको काउन्सिल प्रवक्ता कृष्ण अधिकारीले बताए ।

१२ मंसीरमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा मेडिकल काउन्सिलले लिएको परीक्षामा मण्डल सिरहका नविनकुमार यादवको सट्टा जाँच दिन उपस्थित भएका थिए ।

यस्तै, चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगंजमा एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत अर्का नक्कली परीक्षार्थी निरज शर्मालाई पनि मुद्दाको टुङ्गो नलागेसम्म परीक्षा दिन नपाउने काउन्सिलले निर्णय गरेको छ ।

उनलाई थप कार्वाहीका लागि काउन्सिलले प्रक्रिया अघि बढाउन संस्थानलाई पत्राचार समेत गरेको छ ।

शर्मा रौतहटका सरोज साहको सट्टामा परिक्षा दिन उपस्थित भएका थिए ।

काठमाडौं जिल्ला अदालतले भने मण्डल र शर्मा दुवैलाई ९ पुसमा साधारण तारेखमा रिहा गरिसकेको छ ।

धेरैपटक परीक्षामा अनुत्तिर्ण भएका तथा उत्तिर्ण भई चिकित्सक दर्ता प्रमाणपत्र लिइसकेकाहरुमाथि आवश्यक अनुसन्धान गर्न नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो र उच्च माध्यमिक शिक्षा परिषद्संग समन्वय गरी छानविनको प्रकृया अघि बढाइने अधिकारीले जानकारी दिए ।
रामु सापकोटा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>