समाचारशनिबार, फाल्गुण ८, २०७२

ओलीलाई मोदीको स्वागत, सेनाद्वारा सम्मान गारद (तस्वीरहरु)

हिमालखबर

oli_modi

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राष्ट्रपति भवनमा स्वागत गरेका छन् ।

यसअघि राष्ट्रपति भवनमै आयोजित विशेष कार्यक्रममा ओलीलाई भारतीय सेनाको एक टुकडीले सम्मान गारद (गार्ड अफ अनर) प्रदान गरेको थियो ।

oli_modi2ओलीसँगै उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, गृहमन्त्री शक्ति बस्नेत, अर्थमन्त्री विष्णु पौडेल पनि कार्यक्रममा सहभागी थिए । भारतका तर्फबाट परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेटली, रक्षामन्त्री मनोहर पर्रिकरको पनि उपस्थिति थियो ।

सम्मान ग्रहणको कार्यक्रम लगत्तै राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पहार अर्पण गरेका ओलीसँग विदेशमन्त्री सुष्मा स्वराजले भेटवार्ता गरेकी छन् ।

oli_modi1समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता अघि ओली–स्वराज वार्ता भएको हो ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र ओलीबीच हैदरावाद हाउसमा १२ बजे भेटवार्ता हुनेछ । उक्त भेटघाटमा केही महत्वपूर्ण सम्झौताहरुमा समेत हस्ताक्षर हुन सक्ने बताइएको छ ।

यस्तै आजै प्रधानमन्त्री ओलीको भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीसाग भेट वार्ता हुने कार्यक्रम तय गरिएको छ ।

oli_modi3आजै अबेर साँझ भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग पनि ओलीको औपचारिक भेटवार्ता हुनेछ ।

oli_modi4

तस्वीरहरु: भारतीय विदेशमन्त्रालयको वेभसाइटबाट

प्रधानमन्त्री ओली ६ दिने राजकीय भ्रमणका लागि शुक्रबार भारत गएका हुन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>