समाचारशनिबार, फाल्गुण ८, २०७२
प्रधानमन्त्री ओली र मोदीबीच सातवटा सम्झौता, संयुक्त पत्रकार सम्मेलन सम्पन्न
भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच विभिन्न सातवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

दुबै देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युतीय प्रसारण लाईनको पनि औपचारचिक उद्घाटन गर्दै । तस्वीर: भारतीय विदेश मन्त्रालय
दुई देशका प्रधानमन्त्रीबीच भएको छलफलपछि भारतले नेपालालाई बांग्लाबन्द र विशाखापट्नम बन्दरगाहा प्रयोग गर्न दिने भएको छ ।
विशाखापटट्नम बन्दरगाह प्रयोग गर्न रोहनपुर–सिंहवाद रेल्वे रुटको प्रयोग गरिने सम्झौता भएको छ ।
यस्तै भूकम्पपछिको पुनर्निर्माणको कार्यनीति सम्झौतामा पनि हस्ताक्षर भएको छ भने हुलाकी मार्ग निर्माण र संगीतनाट्य एकेडेमी बारे पनि सम्झौता भएकोे छ ।
यस्तै दुबै देशका प्रधानमन्त्री ढल्केबर–मुजफ्फरपुर अन्तर–देशीय विद्युतीय प्रसारण लाईनको पनि औपचारचिक उद्घाटन गरेका छन् ।
दुवै प्रधानमन्त्री बीचको भेटपछि संयुक्त पत्रकार सम्मेलन समेत भएको छ ।
सम्मेलनमा मोदीले नेपालमा संविधान घोषणालाई महत्वपूर्ण सफलता समेत भन्दै पछिल्लो वर्षहरुमा नेपालले लोकतन्त्र र संघीयतामा प्रशंसनीय सफलता हात पारेको बताए ।
उनले राजनीतिक छलफलका माध्यमबाट सबैलाइ साथ लिएर नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक निवारण गरी प्रधानमन्त्री ओलीले नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजाने विश्वास व्यक्त गरे ।
मोदीले नेपालको स्थिरता भारतको सुरक्षासँग जोडिएको भन्दै यसमा दुवै देशको सहयोग आवश्यक रहेको बताए। उनले आतंकवादको दुबै देश मिलेर सामना गर्नुपर्ने पनि बताए।
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाल र भारतको सम्बन्ध नयाँ उचाइमा पनि पुग्ने आशा ब्यक्त गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
