समाचारशनिबार, फाल्गुण ८, २०७२

सरकारले सपना बाडेर मात्रै हुँदैनः नेता नेपाल

हिमालखबर

mknनेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफ्नै पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्व सरकारको आलोचना गरेका छन् ।

पाँचथरको फिदिममा आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले सरकारले ठोस काम गर्नुभन्दा सपना बाँड्ने काम बढी गरेको बताए । उनले भने, “सपना नै नदेख्ने भन्ने होइन, तर त्यो सपनालाई ठोस काम परिणत गर्दा जनताले विश्वास गर्छन् ।”

भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले दुई देशबीचको असमझदारी अन्त्य गर्दै सम्बन्ध प्रगाढ बनाउनुपर्ने उनले बताए ।

–लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>