समाचारशनिबार, फाल्गुण ८, २०७२

कांग्रेस दाङको सभापतिमा खड्का

हिमालखबर

Kriti Bdr Khadka-Dang 3नेपाली कांग्रेस दाङको सभापतिमा किर्तिबहादुर खड्का निर्वाचित भएका छन् ।

खड्काले ३४० मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी कमलकिशोर घिमिरेले २८५ मत प्राप्त गरे । खड्का कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् ।

कांग्रेसका नवनिर्वाचित दाङ जिल्ला सभापति खड्काले आफूले पार्टीमा सबैलाई समान व्यवहार गर्ने र कांग्रेसलाई एकढिक्का बनाएर लैजाने प्रतिवद्धता जनाएका छन् ।

उनका प्रतिद्वन्द्वी कमल किशोर घिमिरेले विजयी खड्कालाई बधाई दिँदै आफूले सहयोग गर्ने प्रतिबद्धता बताए ।

७ फागुनमा सभापतिका लागि भएको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पहिलो भएका खड्का र दोस्रो भएका घिमिरेबीच ८ फागुनमा पुनः सभापतिका लागि प्रतिस्पर्धा भएको थियो ।

७ फागुनमा भएको निर्वाचनमा कृतिबहादुर, कमलकिशोर र अनिता देवकोटा प्रतिस्पर्धामा थियो ।

खड्का कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् भने देवकोटा संस्थापन निकट हुन् ।
देविका घर्ती मगर, दाङ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>