Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
वीरगञ्जः नारायणी एफएममा आक्रमण - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण ९, २०७२

वीरगञ्जः नारायणी एफएममा आक्रमण

हिमालखबर

guardवीरगञ्जस्थित सामुदायिक रेडियो ‘नारायणी एफएम’मा ९ फागुन बिहान आक्रमणको प्रयास भएको छ ।

बिहान पौने १ बजे वीरगञ्ज श्रीपुरस्थित एफएमको कार्यालयमा हतियारसहित आएका अपिरिचित व्यक्तिको समूहले आक्रमणको प्रयास गरेका थिए ।

उनीहरुसँग प्रतिकारको क्रममा नारायणी एफएमका सुरक्षा गार्ड वृजमोहन यादव घाईते भएका छन् । टाउकोमा चोट लागेका यादवको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भएकोे रेडियोका प्रशासन प्रमुख विदुर गौतमले बताए ।

सुरक्षागार्ड यादवका अनुसार उनी रेडियो कार्यालयमा एक्लै रहेको मौका छोपी अपरिचित व्यक्तिहरु पर्खाल नाघेर रेडियो स्टेशन परिषरभित्र आएका थिए ।

“उनीहरुले कार्यालयको साँचो मागेको थिए, नदिएपछि आक्रमण गरे,” यादवले भने, “एउटासँग भिडिरहेको थिएँ, अर्कोले पछाडीबाट आएर धारिलो हतियारले टाउकोमै हान्यो ।”

आक्रमणकारी समूहले सुरक्षागार्ड यादवको मोबाईल खोसेर लगेका छन् ।
–सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>