Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता - Himalkhabar.com

थप समाचारआइतबार, फाल्गुण ९, २०७२

प्रधानमन्त्रीको भ्रमणसम्बन्धी समाचारलाई भारतीय पत्रपत्रिकामा प्राथमिकता

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समाचारलाई भारतका अधिकांश सञ्चारमाध्यमले प्राथमिकता दिएका छन् ।

भारतका प्रमुख सञ्चारमाध्यमहरुमा प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ भएको सन्देशसहित समाचार छ ।

दैनिक पत्रिकामा आइतबारको फुर्सदिलो विशेष पृष्ठ प्रकाशन हुने गरे पनि प्रधानमन्त्री ओलीका भेटवार्ताका तस्वीर र समाचारले स्थान पाएका छन् ।

अधिकांश ठूला पत्रिकामा प्रथम पृष्ठमा भ्रमणको भेटवार्तासम्बन्धी तस्वीरसहित समाचार प्रकाशित भएको छ ।

नवभारत टाइम्स दैनिकले ‘भारत और नेपाल के बीच अब आल इज वेल’ शीर्षकमा समाचार प्रकाशित गरेको छ ।

यस्तै टाइम्स अफ इन्डियाले ‘अपराइजिङ इन नेपाल टाइज अफ्टर पिएम ओलिज भिजिट’ शीर्षकमा समाचार दिएको छ ।

इन्डियन एक्सप्रेसले ‘नेपाल पिएम मिट्स मोदी’, सेज मिसअन्डरस्ट्यान्डिङ ओभर शीर्षक दिई समाचार राखेको छ ।

द एसियन एज पत्रिकाले दुई प्रधानमन्त्री ओली र मोदीले हात मिलाएको एएफपीको तस्बिर प्रकाशित र थप समाचारलाई स्थान दिएको छ ।

ती समाचारमा मोदीले नेपालको नयाँ संविधानलाई उपलब्धि मानेको, मधेशको बाँकी राजनीतिक समस्याको समाधान संवाद र सहमति मिलाउन आग्रह गरेको, सातबुँदे समझदारी भएको बारे उल्लेख गरिएको छ ।

अर्को छिमेकी चीनसँग सम्बन्धबारेमा दुई प्रधानमन्त्रीसँग कुरा भएको थियो थिएन भन्ने बारेमा पनि ती सञ्चारमाध्यमले चासो दिएका छन् ।

यस्तै ‘दिल्ली स्पेसल द गार्जिएन’, ‘द हिन्दू’ लगायतका पत्रिकाले पनि सो समाचारलाई प्राथमिकता दिएका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>