समाचारआइतबार, फाल्गुण ९, २०७२

कांग्रेस गुल्मीको सभापतिमा श्रेष्ठ

हिमालखबर

bhuwanनेपाली कांग्रेस गुल्मीको सभापतिमा भुवनप्रसाद श्रेष्ठ निर्वाचित भएका छन् ।

श्रेष्ठले ५४६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी शालिक पन्थीले २८७ मत प्राप्त गरे । श्रेष्ठ संस्थापनपक्षधर मानिन्छन् ।

शनिबार सम्पन्न निर्वाचनमा पाँच जनाले प्रतिस्पपर्धा गरेकोमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि बढी मत ल्याउने श्रेष्ठ र पन्थीबीच पुनः प्रतिस्पर्धा भएको थियो ।

श्रेष्ठ यसअघि कांग्रेस गुल्मीका उपसभापति थिए ।

यस्तै सचिवमा खिलध्वज र कोषाध्यक्षमा हरिबहादुर केसी निर्वाचित भएका छन् ।

गगनशिलाखड्का, गुल्मी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>