थप समाचारआइतबार, फाल्गुण ९, २०७२
सीमाङ्कन विवाद जनताको अभिमत अनुसार टुंग्याउनुपर्छः नेता नेपाल
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश सीमांकनको विवाद जनताको अभिमतका आधारमा टुङ्ग्याउनु पर्ने बताएका छन् ।
उनले प्रदेशहरुको सीमांकन कसैको लहड र स्वार्थ अनुसार नभई स्थानीय जनताको चाहना अनुसार हुनुपर्ने बताएका हुन् ।
९ फागुन बिहान झापाको बिर्तामोडमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले मुलुक अब संबिधान कार्यान्वयनको चरणमा प्रवेश गरेको बताए । भने, “उत्कृष्ट संबिधान बनेको छ, यसलाई युग अनुकुल बनाँउदै लैजान सकिन्छ ।”
अब चाँडै स्थानीय निकायको निर्वाचन घोषणा गरेर अगाडि बढ्नु जरुरी रहेको उनको भनाई थियो ।
उनले ब्याख्या नगरी प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण उपलब्धिमुलक भइरहेको पनि बताए ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>