समाचारआइतबार, फाल्गुण ९, २०७२

एनसेल एप प्रयोग गरी ग्राहकवाट लाखौं ठग्ने पक्राउ

हिमालखबर

एनसेलको कर्मचारी बनेर ग्राहकवाट लाखौं ठगी गरेको अभियोगमा पक्राउ परेका प्रकाश दाहाल दाँया र मेघनाथ गिरी वाँया । तस्वीर लक्ष्मी गौतम

एनसेलको कर्मचारी बनेर ग्राहकवाट लाखौं ठगी गरेको अभियोगमा पक्राउ परेका प्रकाश दाहाल दाँया र मेघनाथ गिरी वाँया । तस्वीर लक्ष्मी गौतम

एनसेल एप प्रयोग गरी सर्वसाधारणलाई झुक्याएर लाखौं ठगी गर्ने गिरोहका दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा झापा गौरादह–९ का १८ वर्षीय प्रकाश दाहाल र मोरङको पथरी–९ का ३२ वर्षीय मेघनाथ गिरी छन् ।

उनीहरुले एनसेलकै पूर्व कर्मचारी भारत राजस्थानका सुमित शर्मासँगको मिलेमतोमा एनसेलकै प्रयोगकर्ताहरुवाट लाखौं ठगी गरेको पाँचथर प्रहरी प्रमुख कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार उनीहरुले आफ्नो मोवाइलमा एनसेल एप डाउनलोड गरी विभिन्न स्थानका एनसेल नम्वर इन्ट्री गरेर प्रयोगकर्ताले रिचार्ज गरेको मिति, मौजादत रहेको व्यालेन्स आदि पत्ता लगार्ई ठगी गरेको पाइएको छ ।

यसरी भयो ठगी
अभियुक्तहरुले पहिले एनसेल एपमा विभिन्न स्थानका ग्राहकको नम्वर इन्ट्री गरेर ती नम्वरमा फोन गर्दै विभिन्न बहानामा ठगी गरेको प्रहरी अनुसन्धानमा खुलेको कोइराला वताँउछन ।

उनका अनुसार पिन नम्वर म्यासेज पठाइएका नम्वरहरुमा फोन गर्दै उनीहरुले ‘हामी एनसेलका कर्मचारी हौं, तपाईले यसअघि प्रयोग गरेको रिचार्ज कार्डमा पुरस्कार परेको छ । त्यस्का लागि कर वापतको रकम अग्रिम भुक्तानी गर्नुस’ भन्दै पैसा उठाउने गरेका थिए ।

हालसम्मको प्रहरी अनुसन्धानमा उनीहरुले मेचीको पाँचथरदेखि कास्कीको पोखरासम्मका १० जना एनसेल प्रयोगकर्तावाट १६ देखि ३६ हजार रुपैंयाका दरले ठगी गरेको पुष्टि भइसको छ ।

यसरी ठगिनेमध्ये अधिकांश महिला छन । ठगिने मध्येका तेह्रथुम छातेढुंगा–६ का तारा सुनारले प्रहरीमा दिएपछि अनुसन्धान प्रकृया शुरु गरेको पाँचथर प्रहरीले जनाएको छ ।

को को ठगिए ?
प्रहरीका अनुसार उनीहरुले एक दिनमा एउटै मात्रै एनसेल नम्वर प्रयोग गर्ने गरेको खुलेको छ । उनीहरुले माघ १० देखि फागुन ४ गतेसम्ममा २८ वटा एनसेल नम्वर प्रयोग गरेर १० जनालाई ठगी गरेको पुष्टि भइसकेको छ भने अन्य पीडितले जाहेरी दिनेक्रम जारी छ ।

प्रनाउ कोइरालाका अनुसार उनीहरुले छातेढुंगाका तारा सुनार र फिदिम १ का प्रेम तामाङवाट १६–१६ हजार, पोखराकी निमा लामावाट ३६ हजार,विर्तामोडका गोपाल ढकाल, गौरादहका पुण्यदेवी भट्टराई, गौरीमाया खड्का र इलामका विमल राई सहित ७ जनावाट २६–२६ हजारका दरले ठगी गरेको पुष्टि भइसकेको छ ।

सिम र पैसा झिक्न प्रयोग भएका कागजात सवै नक्कली
प्रहरी अनुसन्धानमा उनीहरुले सिमकार्ड झिक्न प्रयोग गरेको नागरिकतादेखि पैसा झिक्न प्रयोग गर्दै आएका नागरिकता र लाइसेन्स सवै नक्कली भएको पुष्टि गरेको छ ।

उनीहरुले एउटै फोटो प्रयोग गर्दै कहिले सुदेश कार्की त कहिले सञ्जय दाहालका नामवाट नक्कली लाइसेन्स बनाएर आइएमइ र विभिन्न वैंकका काउण्टरवाट पैसा झिकेको पुष्टि भएको छ ।

उनीहरुले पहिलो चरणमा झापाको झिलझिले र मोरङको पथरी र त्यसपछि काठमाण्डौका विभिन्न स्थानवाट पैसा झिकेका छन ।

प्रमुख अभियुक्त एनसेलकै पूर्व कर्मचारी
प्रहरीका अनुसार ठगी प्रकरणका प्रमुख अभियुक्त भारत राजस्थानका सुमित शर्मा हुन ।

पहिले एनसेल कम्पनीमै केही समय काम गरेका उनी यसअघि पनि ठगी प्रकरणमा जेल परिसकेका व्यक्ति हुन ।

कम्युटर र प्रविधिमा राम्रो दख्खल राख्ने उनले नक्कली कागजात बनाएर दाहाल र कार्कीलाई प्रयोग गर्दै पैसा ठग्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

जेलवाट निस्केपछि केही महिना यता उनी नेपाल–भारत सीमा क्षेत्रमा बसेर ठगी गिरोह सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई भने पक्राउ गर्न सकेको छैन ।

पक्राउ परेकामध्ये दाहालले विभिन्न स्थानका एनसेल नम्वरमा फोन गरेर पैसा पठाउन लगाउने गर्थे भने गिरी पैसा झिक्न जाने काममा खटाइएका थिए ।

पैसा झिकेपछि शर्मा, दाहाल र गिरीले भागवण्डा गरेर लिने गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको सहकार्यमा ४ फागुनमा काठमाडौंमा पक्राउ परेका उनीहरुलाई आइतवार पाँचथर पु¥याएर प्रहरीले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।

लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>