थप समाचारआइतबार, फाल्गुण ९, २०७२

भूकम्पपछि खानेपानीः खानै नहुने गरी प्रदुषित

रामु सापकोटा

महाभूकम्पपछि उपत्यकाको खानेपानीमा कोलिफर्म र इकोली जीवाणुको मात्रा अत्यधिक बढेको छ ।

ललितपुर, ठैबस्थित गाेदामचाैर खाेलाकाे पानी पाइप लगाएर सीधैं ट्याङ्करमा भरिदै ।

ललितपुर, ठैबस्थित गाेदामचाैर खाेलाकाे पानी पाइप लगाएर सीधैं ट्याङ्करमा भरिदै ।

अध्ययन गरिएकामध्ये गोङ्गबु (मित्रनगर) को एउटा इनारको पानीमा ३०० कोलोनी (पानीमा रहेको जीवाणु मापनको इकाइ) भन्दा बढी इकोली पाइएको छ । बालाजु (रानीबारी) को ढुंगे धारा र ठैब (गोदामचौर) को खोलाको पानीमा पनि १०० कोलोनी फर्मेसन युनिटभन्दा बढी इकोली भेटिएको छ । इकोली दिसाबाट फैलने घातक जीवाणु हो ।

Untitled-1यस्तै, गोदावरीको थौखेल, ठैबको गोदामचौर र चापागाउँको तहखेलको पानीमा ३०० भन्दा बढी कोलिफर्म भेटिएको छ भने बालाजुको रानीबारी, गोङ्गबुको मित्रनगर र मनमैजु, नयाँ ठिमी तथा भक्तपुर झैखे लको पानीमा १०० भन्दा बढी कोलिफर्म भेटिएको छ । (हे.इन्फोग्राफ)

कोलिफर्म दूषित फोहोरबाट फैलने घातक जीवाणु हो । भूकम्प प्रभावित क्षेत्रमा वितरण भइरहेको पानीका मुहानहरूबाट लिइएको सय मिलिलीटर पानीको नमूना परीक्षण गर्दा यति धेरै कोलिफर्म र इकोली भेटिएको हो ।

अध्ययन टोलीले यसको मूल कारण जथाभावी फालिने फोहोरलाई मानेको छ । टोली संयोजक डा. भोजराज पन्त यत्रतत्र फालिएका फोहोरमा रहेका कोलिफर्म र इकोली जीवाणु महाभूकम्पले खुकुलो बनाएको जमीनबाट पानीका स्रोतसम्म पुगेको बताउँछन् ।

इनार, ढुंगेधारा र पाइप लाइनदेखि ट्यांकरले बेच्ने पानीसम्मको नमूना परीक्षण गर्दा १३ वटा नमूनामा इकोली र कोलिफर्म भेटिएको डा. पन्तले बताए । नेपालको ‘राष्ट्रिय खानेपानी स्तर मापदण्ड २०६२’ र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार, इकोली र कोलिफर्मरहित खानेपानी हुनुपर्छ ।

तर, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पाइप लाइनमार्फत वितरण गर्ने खानेपानीमा समेत अत्यधिक मात्रामा इकोली र को लिफर्म जीवाणु भेटिएको छ । नास्टको वैज्ञानिक टोलीले उपत्यकाको १४ ठाउँबाट लिएको खानेपानीको नमूनालाई दुई दिनसम्म इन्कुवेटरको ३७ डिग्री तापक्रममा राखेर परीक्षण गर्दा सुडाल बाहेक सबै ठाउँ का पानीमा घातक जीवाणु भेटिएको थियो ।

डा. पन्तका अनुसार, ट्यांकरले ल्याउने पानीमा त झ्न् ३०० कोलोनीभन्दा बढी कोलिफर्म भेटिएको छ ।

खोलाबाट ट्यांकरमा
ramuउपत्यकामा खानेपानी भन्दै ट्यांकरहरूले खोलाको पानी सीधै भरेर ल्याई वितरण गर्ने गरेका छन् । ट्यांकरबाट वितरण गरिने खानेपानीले उपत्यकाको जनस्वास्थ्यलाई बढी जोखिममा पारेको अध्ययन टोलीमा रहेका कञ्चन थापाले बताए । हुन त, काठमाडौंको खानेपानीमा इकोली र कोलिफर्मको समस्या नयाँ होइन । अमेरिकाको ‘इन्भारोन मोनिटएक्से स’ जर्नलमा सन् २०११ मा प्र काशित अध्ययन प्रतिवेदनले उपत्यकाको इनार, ट्यूबेल र डीप ट्यूबेलको पानीमा कोलिफर्मको मात्रा औसत ३०० कोलोनी भएको देखाएको थियो ।

१०० मिलिलीटर पानीमा ३८३.४ क्लोराइड, ५५० अल्कालिनिटी र ०.०२५ आर्सेनिक भेटेको अध्ययन प्रतिवेदनमा उपत्यकाको खेतीबारीमा उत्पादन बढाउन प्रयोग गरिने विषादीका कारण पनि पानीको गुणस्तर बिग्रेको हुनसक्ने उल्लेख छ । अध्ययनमा पानीको अम्लीयपनको मात्रा, धमिलोपनका साथै क्लोराइड, आइरन, फ्लोराइड, अल्कालिनिटी जस्ता रसायनहरूको मात्रा पनि हेरिएको थियो ।

यी दुई अध्ययनलाई तुलना गर्दा उपत्यकाको खानेपानीका मुहानमा जीवाणु र रसायनको मात्रा बढ् दो दे खिन्छ । पाँच वर्ष अघिको अध्ययनमा औसत ३०० कोलोनी देखिएको कोलिफर्म यसपटक ३०० भन्दा बढी छ । नेपाल रिभर कन्जर्भेसन ट्रष्ट, बायोस्फेयर एसोसिएसन र हिमालय बायोडाइभर्सिटी एण्ड क्लाइमेट चेन्ज सेन्टरले गत वर्ष गरेको अध्ययनबाट पनि उपत्यकाको पानी सिंचाइका लागि समेत योग्य नभएको निष्कर्ष निकालेको थियो ।

वागमतीको पानीमा इकोली र कोलिफर्मको मात्रा बढी देखाएको थियो । सम्बन्धित निकायले भने पानी सुरक्षित पार्ने विधिमा ध्यान दिएको छैन ।

मन्त्रालयको बेवास्ता
पछिल्लो अध्ययन प्रतिवेदनलाई दूषित पानीले निम्त्याउन सक्ने खतराबारे आवश्यक सूचना प्रवाह गर्न सुझव दिंदै नास्टका सचिव बुद्धिरत्न खड्गेले २२ वैशाखमा विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयलाई बुझए ।

त्यसको सात महीनामा गत ५ मंसीरमा मन्त्रालयको निर्देशनमा नास्टले बोलाएको बैठकमा निम्त्याइएका १३ मध्ये स्वास्थ्य मन्त्रालयलगायत अधिकांश निकायका प्रतिनिधि आएनन् ।

उक्त बैठकले गरेको पानीको गुणस्तर अनुगमन गर्नेलगायतका चारबुँदे निर्णय पनि कार्यान्वयनमा आउन सकेको छैन । उपत्यकामा स्वच्छ खानेपानीको वितरणको जिम्मेवारी पाएको शहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल निकास विभाग र अनुगमनमा जिम्मेवार स्वास्थ्य मन्त्रालय,
खानेपानी विभाग, वाणिज्य विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग जस्ता निकायहरूले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्दा खानेपानीमा
प्रदूषण बढेको बढ्यै छ ।

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले पनि मापदण्ड पूरा नगरी खानेपानी बिक्रीवितरण गर्नेहरूलाई कारबाही गर्न सकेको छैन । सरकारी निकायहरूको अक्षमताका कारण आम जनता दूषित पानी पिउन बाध्य छन् । अनुसन्धानकर्ता थापा अब शुरू हुनै लागेको गर्मीयाममा कोलिफर्म र इकोली जस्ता जीवाणु
स्वभावैले वृद्धि हु ने बताउँ छन् ।

त्यसले झाडापखाला र हैजाको महामारी निम्त्याउन सक्छ । ११ वैशाख २०७१ मा विराटनगरमा कोलिफर्मयुक्त खानेपानीका कारण पाँच जनाको ज्यान गएको थियो । खानेपानी संस्थानद्वारा वितरित दूषित खानेपानीका कारण ‘हेपाटाइटिस ई’ हुँदा बिरामीको ज्यान गएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>