समाचारआइतबार, फाल्गुण ९, २०७२
महाराजगञ्जमा बसको ठक्करबाट दुई डाक्टरको मृत्यु
बसको ठक्करबाट शिक्षण अस्पताल महाराजगञ्जमा एमडी पढ्दै गरेका दुई जना चिकित्सकको मृत्यु भएको छ ।
उनीहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौंमा एमडी अध्ययनरत प्यूठानका सन्दिप सुवेदी र भारत विहारका सोनी आनन्द भएको प्रहरीले जनाएको छ । दुबै जना छाला रोग विभागमा एमडी पहिलो वर्षका विद्यार्थी हुन् ।
काठमाडौं महाराजगञ्ज शिक्षण अस्पताल र कान्ति बाल अस्पतालबीचको भित्री सडकमा उनीहरुलाई विद्या संस्कार स्कुलको बा १ प ४३ नम्वरको बसले ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
दुबै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा बसमा सवार ८ वर्षीया छात्रा अस्मिता ज्ञवाली सामान्य घाइते भएकी छन्।
ब्रेकफेल भएर दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
बसका चालकलाई महाराजगञ्ज प्रहरी बृत्तले नियन्त्रणमा लिएको छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
