Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
एक्ली एलडीओ - Himalkhabar.com

थप समाचारसोमबार, फाल्गुण १०, २०७२

एक्ली एलडीओ

हिमालखबर

karyaalayama LDO jhaदेशकै कम साक्षर र उच्च बालविवाह दर भएको रौतहटले पहिलो मधेशी महिला एलडीओ पाएको छ ।

३ फागुनमा रौतहटको जिल्ला विकास समितिको स्थानीय विकास अधिकृत (एलडीओ) का रुपमा नियुक्त बन्दना झा (३५) मधेशी समुदायकी एक्ली महिला एलडीओ हुन् । उपसचिव झा सम्भवतः मधेशमा खटिएकी पहिलो महिला एलडीओ समेत हुन् ।

रौतहटकै बसतपुरमा जन्मिएकी झा २०६६ सालमा शाखा अधिकृतबाट सरकारी सेवामा प्रवेश गरेकी थिइन् । मधेशी महिलाका लागि सरकारी सेवा टाढाको कुरा भए पनि शिक्षित अभिभावकका कारण उनी ‘भाग्यमानी’ ठहरिइन् । उनका हजुरबुबा सत्यनारायण झा र बुबा कौशलेन्द्र दुवै सरकारी जागिरे थिए ।

देशकै कम साक्षर जिल्ला रौतहट उच्च बालविवाह दरका लागि पनि चिनिन्छ । यस्तो जिल्लामा आफ्नो नियुक्तिले चुनौती थपिएको झाको अनुभव छ ।

महिला एलडीओ प्रवेशले जिल्लाका महिलालाई प्रेरणा दिने विश्वास पनि गरिएको छ । तर, झा भने महिला भनेर मात्रै केही नहुने बताउँछिन् । भन्छिन्, “आफूलाई के चाहिएको हो प्रष्ट हुनुपर्छ, प्रतिस्पर्धा गर्न चुक्नुहुन्न ।”

-सञ्जय साह ‘मित्र’, रौतहट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>