समाचारसोमबार, फाल्गुण १०, २०७२

संविधान कार्यान्वयन गर्न दलहरु मिल्नुपर्छः नेता खनाल

हिमालखबर

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान जारी गर्दाजस्तै संविधान कार्यान्वयन गर्न पनि दलहरु एक हुनुपर्ने बताएका छन् ।

झापा पुगेका खनालले भने, “संविधान जारी गर्दा दलहरुले जुन एकता प्रदर्शन गरेका थिए अब त्यसको कार्यान्वयन गर्न समेत एकताको खाँचो छ ।”

पूर्वप्रधानमन्त्री खनालले संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक क्रान्तितर्फ बढाउनुपर्ने बताए । भारतसँगको सम्बन्ध सुध्रिनेमा आफू आशावादी रहेको भन्दै उनले परनिर्भरता हटाएर आत्मनिर्भरतातर्फ लाग्न सबै एकजुट हुनुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण सकेर आएलगत्तै सीमाङ्कनको विवाद टुङ्ग्याउन दलहरुसँग छलफलमा जुट्ने उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>