समाचारसोमबार, फाल्गुण १०, २०७२

पार्टी सभापतिमा केही दिनभित्रै उम्मेदवारी घोषणाः महामन्त्री सिंह

हिमालखबर

नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पार्टीको आगामी १३औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफू सक्षम भएको बताएका छन् ।

नेपाल विद्यार्थी संघले आयोजना गरेको कार्यक्रममा सिंहले पार्टी फुट्दा उपसभापति र सुशील कोइराला सभापति हुँदा निर्वाचित महामन्त्री भएकाले आफू अब पार्टी सभापतिका लागि सक्षम भएको बताए ।

उनले भने, “मैले पनि पार्टीमा धेरै दुःख गरेको छु त्यसैले म पार्टी सभापतिका लागि सक्षम छु ।”

उनले सभापतिका लागि देशभरका कार्यकर्ताबाट दबाब आए पनि केही दिनपछि मात्र उम्मेदवारी घोषणा गर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>