थप समाचारमंगलबार, फाल्गुण ११, २०७२

डढेलो निभाउने क्रममा जलेर मृत्यु

हिमालखबर

pachtharवनमा लागेको डढेलो निभाउने क्रममा पाँचथर स्याबरुम्बा–१ फापरगैराका ७० वर्षीय हर्क सम्हाम्फेको मृत्यु भएको छ ।

खेतमा काम गर्न गएका उनले झिक्रा डढाउन सल्काएको आगो अनियन्त्रित भइ जंगल सल्केपछि नियन्त्रणको प्रयास गर्दा आफैं जलेर निधन भएको पाँचथर प्रहरीले जनाएको छ ।

१० फागुन अपरान्ह ३ बजे भएको आगलागीमा परेका सम्वाहाम्फेको घट्नास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय यासोकका प्रमुख मोतीवहादुर कटुवालले जानकारी दिए ।

आगलागीका कारण सयौं बोट विरुवा जलेर नष्ट भएका छन् ।

घट्नापछि स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए ।
लक्ष्मी गौतम, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...