Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेसको नीति तथा कार्यक्रममाथि विहिवारदेखि छलफल - Himalkhabar.com

समाचारमंगलबार, फाल्गुण ११, २०७२

कांग्रेसको नीति तथा कार्यक्रममाथि विहिवारदेखि छलफल

हिमालखबर

congressनेपाली कांग्रेसले १३औं महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रममाथि विहिवार (१३ फागुन) देखि छलफल शुरु गर्ने भएको छ ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा तयार भएको नीति तथा कार्यक्रम अध्ययनका लागि केन्द्रीय सदस्यहरुलाई आज वितरण गरिएको केन्द्रीय सदस्य पुष्पा भुसालले बताइन् ।

उनका अनुसार आजदेखि छलफल हुने भनिएपनि केन्द्रीय सदस्यहरुले अध्ययन गर्न बाँकी भएको र बरिष्ठ नेता शेरबहादुर देउवा अनुपस्थित भएकाले विहिवारसम्मलाई सारिएको हो ।

२०–२३ फागुनमा तय गरिएको महाधिवेशनको पेश गरिने नीति तथा कार्यक्रमबारे कांग्रेसमा अझै छलफल हुन सकेको छैन । संविधान जारी भएपछि मधेशमा उत्पन्न असहज परिस्थिति र भारतीय नाकाबन्दीले प्रभावित बनाएको महाधिवेश पार्टी सभापति सुशील कोइरालाको निधनले थप प्रभावित बनेको छ ।

२६ माघमा कोइरालाको निधन भएपछि ९ फागुनसम्म कुनै पनि औपचारिक कार्यक्रम हुन नसक्दा नीति तथा कार्यक्रममाथिको छलफल पनि रोकिएको नेताहरु बताउँछन् ।

महाधिवेशन आउन ९ दिनमात्रै बाँकी रहेपनि अझैं विधान संशोधन समितिले प्रस्ताव तयार पार्न सकेको छैन । संविधान जारी भएपछिको राज्य पुनःसंरचना अनुसार विधान संशोधन गर्न कांग्रेसले मस्यौदा समिति तयार पारेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>