Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनः छरपस्ट शक्तिकेन्द्र - Himalkhabar.com

रिपोर्टमंगलबार, फाल्गुण ११, २०७२

कांग्रेस महाधिवेशनः छरपस्ट शक्तिकेन्द्र

सइन्द्र राई

सुशील कोइरालाको निधनपछि स–साना शक्ति केन्द्रहरूमा विस्तारित भएकाले नेपाली कांग्रेसको नेतृत्व छनोटमा थुप्रै स्वार्थ हावी हुनेछन्।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले महाधिवेशनका लागि स्थापना गरेका छुट्टाछुट्टै सम्पर्क कार्यालय (बायाँबाट क्रमशः) ।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले महाधिवेशनका लागि स्थापना गरेका छुट्टाछुट्टै सम्पर्क कार्यालय (बायाँबाट क्रमशः) ।

कार्यतालिका मुताविक २५ माघमा नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन गर्ने ब्यानर तयार थियो। अचानक कोइराला आउन नसक्ने खबर आएपछि वरिष्ठ नेता शेरबहादुर देउवा प्रमुख अतिथि बन्न पुगे।

कार्यक्रममा देउवा, महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्यहरू नरहरि आचार्य, नवीन्द्रराज जोशी, गगन थापालगायतले कोइरालालाई केन्द्रमा राखेर मन्तव्य दिए। भोलिपल्ट उज्यालो हुन नपाउँदै फैलिएको सभापति कोइरालाको निधनको खबरले राष्ट्रिय राजनीतिक वृत्तलाई स्तब्ध पार्‍यो भने कांग्रेसमा नेतृत्वको बहसमा नयाँ मोड ल्यायो।

पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति कोइरालाको निधनपछि २६ माघ बिहान बसेको कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठकले २०–२३ फागुनमा निर्धारित १३औं महाधिवेशन सार्ने निर्णय नगरी १३ दिने शोक कार्यक्रम सार्वजनिक गर्‍यो।

कोइरालाको निधन भएको ९ फागुनमा १३ दिन पुग्ने भए पनि त्यसअघि जिल्लादेखि केन्द्रसम्म थुप्रै गतिविधि भए। ६ फागुनमा त पत्रकार सम्मेलन नै आयोजना गरेर कार्यवाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले औपचारिकता दिन बाँकी रहेको जनाउँदै सभापति पदमा उम्मेदवारी नै घोषणा गरे।

अवश्यंभावी भिडन्त
१०औं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औंमा सुशील कोइरालाबाट पराजित देउवासँग संस्थापन पक्षबाट सुशील फेरि चुनाव लड्ने मनस्थितिमा थिए। पार्टीका केन्द्रीय सदस्य नारायण खड्का कोइराला रहेको भए अवश्य सभापतिको उम्मेदवार बन्ने बताउँछन्।

पुनः प्रधानमन्त्री नहुने अभिव्यक्तिबाट पछि हट्दै कोइरालाले २४ असोजमा व्यवस्थापिका–संसद्मा दिएको उम्मेदवारीलाई कांग्रेसभित्र दोस्रो कार्यकाल सभापति बन्ने तयारीका रूपमा अर्थ्याइन्छ।

अकस्मात् निधन नभएको भए उनले उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला मात्र होइन कोइराला परिवारका शशांक, सुजाता र शेखरदेखि आफ्नो क्याम्पका रामशरण महतसम्मको व्यवस्थापन गर्नु थियो। अहिले भने संस्थापनबाट पौडेल देउवासँग भिड्ने निश्चितप्रायः भएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउँछन्। यसले अबको महाधिवेशनपछि कांग्रेस नेतृत्व कोइराला परिवारबाट बाहिरिने पक्का भएको छ।

सभापति सुशीलको निधनलगत्तैबाट संस्थापन मिलाउन लागिपरेका डा. शशांक कोइरालाले महाराजगञ्जस्थित निवासमा ४ फागुनमा सुजाता, शेखरको तर्फबाट समेत पौडेललाई उम्मेदवार बनाउनुपर्ने प्रस्ताव अघि बढाएका थिए। कोइरालाहरू आफू दोस्रो तहमा रहेर पौडेललाई पार्टी नेतृत्व लिने गरी आगामी महाधिवेशनमा अघि बढाउने निर्क्योलमा पुगेको यसले देखाउँछ।

कोइरालाहरू पौडेल सभापति भए नेतृत्व विकास गर्ने र पराजित भए पार्टीभित्र सशक्त प्रतिपक्ष बन्ने रणनीतिमा लागेका देखिन्छन्। परिवारबाट को अघि बढ्ने भन्ने विवाद कायमै रहेकाले पार्टीका अन्य पदबारे कोइरालाहरू मौन छन्। उनीहरू यसबारे सभापतिका आकांक्षी पौडेलबाटै निर्णय गराउने पक्षमा देखिन्छन्।

नेतृत्वको रस्साकस्सीबीच पार्टी नीति तथा कार्यक्रमबारे भने कांग्रेस वृत्तमा बहस हुनसकेको छैन। युवा नेता विश्वप्रकाश शर्मा संविधान निर्माण, महाभूकम्प, मधेश आन्दोलन र भारतीय नाकाबन्दीपछि सभापतिको निधनबाट प्रभावित भएको कांग्रेसमा महाधिवेशन अघि नीतिगत बहस ओझेलमा परेको बताउँछन्।

महाधिवेशन आउन ९ दिन बाँकी रहँदा मात्रै कांग्रेस केन्द्रीय समिति बैठकले पार्टी नीति तथा कार्यक्रममाथि छलफल थाल्दैछ। यसले महाधिवेशन नीतिभन्दा नेतृत्वकेन्द्रित हुने देखाउँछ।

निर्णायक को?
राणाशासन, राजा र पञ्चायती व्यवस्थाको विरोधमा पार्टी रहँदा बीपी कोइरालाको व्यक्तित्व र निर्णय विरुद्ध पार्टीमा सशक्त तप्का तयार नभए पनि २०४६ पछि संस्थापन विरुद्ध कांग्रेसमा उम्मेदवारी दर्ता हुँदै आयो।

२०४८ मा कृष्णप्रसाद भट्टराई सर्वसम्मत सभापति बने पनि २०५२ मा चिरञ्जीवी वाग्ले, २०५७ मा शेरबहादुर देउवा, २०६२ मा नरहरि आचार्य र २०६७ मा देउवाले असन्तुष्ट पक्षबाट सभापतिमा उम्मेदवारी दिए। यसपटक पनि देउवा उम्मेदवार छन्, तर संस्थापनबाट उभिने कुनै कोइराला छैनन्।

कोइराला परिवारको त्यागको भावना देखिने गरी पौडेल मैदानमा उत्रिंदा विपक्षीहरूको एकतामा प्रभाव पर्ने कतिपयको विश्लेषण छ। यो कारणले गर्दा संस्थापन र देउवा दुवै पक्षमा थुप्रै शक्तिकेन्द्र बनेको केन्द्रीय सदस्य रामहरि खतिवडा बताउँछन्।

उनका अनुसार, त्यस्ता समूह–केन्द्र बनाउने अभ्यास स्थानीय तहबाटै भएको छ, जसमा संस्थापन पक्ष अगाडि छ। पदाधिकारी बनाउने आश्वासनसहित देउवा खेमामा पुगिसकेका अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, विमलेन्द्र निधिहरूले आफूलाई स–साना भोट ब्यांकका रूपमा तयार पारेका छन्, जसले नेतृत्व छनोटलाई प्रभावित पार्नेछ।

एक सभापति, एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्ष पदाधिकारी रहने कांग्रेस विधान संशोधन नगर्ने हो भने शक्तिकेन्द्र बनेका नेताहरूले दायाँबायाँ गर्ने संभावना बढी छ। यसको प्रभाव पौडेललाई बढी पर्ने देखिन्छ।

पौडेललाई सभापति मान्न तयार कोइराला परिवारका तीन सदस्यमै पनि को अगाडि भन्ने स्वार्थ, महामन्त्रीद्वय सिंह र सिटौलाको आकांक्षा तथा अन्य पदाधिकारीहरूका आकांक्षीहरूको लाम मिलाउन कम गाह्रो छैन। केन्द्रीय सदस्य प्रदीप पौडेल विधान संशोधनमार्फत पदाधिकारी नबढाउने हो भने देउवाले नेतृत्व फुत्काउने संभावना देख्छन्।

जिल्ला र क्षेत्रीय अधिवेशनको नतीजा आ–आफ्नो पक्षमा आएको दुवै पक्षले दाबी गरे पनि नेतृत्व छनोटमा सशक्त बन्दै गएको स–साना शक्तिकेन्द्रहरू हावी हुनेछन्। पार्टी सभापतिमा संस्थापनबाट सुशील कोइराला, असन्तुष्टबाट शेरबहादुर देउवा र भीमबहादुर तामाङको उम्मेदवारी रहेको १२औं महाधिवेशनमा महामन्त्रीमा तीन र कोषाध्यक्षमा दुई जना लडेका थिए।

त्यसबाहेकका सबै पदमा तीनभन्दा बढी उम्मेदवार थिए। जनजातिका तीन वटा कोटामा ३६, अल्पसंख्यकको एउटा कोटामा १०, दलितको तीन वटा कोटामा २५ र २५ खुलामा ९७ जनाको उम्मेदवारी पर्नुले संस्थापन र असन्तुष्ट पक्षको गठजोडले मात्रै काम नगरेको देखिन्छ।

यस पटक आकांक्षी अझ् बढी हुनुले स–साना केन्द्रहरूले नेतृत्व प्रभावित पार्ने देखिएको छ। पछिल्लो राष्ट्रिय राजनीतिमा कांग्रेस निर्णायक हुन नसकेकोले मधेशी, आदिवासी, जनजाति, महिलालगायतको अजेण्डाले पनि नेतृत्व छनोटलाई प्रभावित पार्नेछ।

१० फागुनसम्म टुंगिइसक्ने महाधिवेशन प्रतिनिधि छनोटमा नेविसंघ र तरुण दलका २०० भन्दा बढी नेता–कार्यकर्ता परेका छन्। उनीहरू अघिल्लो पटक प्रतिनिधि थिएनन्। खुला र समावेशी कोटाबाट पनि ४० वर्ष मुनिका झ्ण्डै ४० प्रतिशत प्रतिनिधि आएको अनुमान छ।

यो वर्ष क्रियाशील सदस्यता लिने दुई लाख २१ हजारमध्ये युवा बढी भएकाले यस्तो नतीजा आएको केन्द्रीय सदस्य पौडेल बताउँछन्। प्रति निर्वाचन क्षेत्रबाट दुई महिला, एक जनजाति, एक दलित, एक अल्पसंख्यक/अपाङ्गता भएको व्यक्ति आउने व्यवस्थाले धेरै युवालाई कांग्रेस प्रतिनिधि बनाएको छ। उनीहरूको प्रभाव मूल नेतृत्वमा नभए पनि कार्यसमिति छनोटमा देखिनेछ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>