समाचारमंगलबार, फाल्गुण ११, २०७२

ताप्लेजुङः विद्यालय व्यवस्थापन समितिको बैठकमा गोली चल्यो

हिमालखबर

ताप्लेजुङमा विद्यालय व्यवस्थापन समितिको वैठकमा यौन–दुर्व्यवहार प्रकरणमा मुछिएका एक सदस्यको उपस्थितिपछि उत्पन्न विवाद बढदै जाँदा प्रहरीले गोली चलाएको छ ।

गोली चलेपछि उत्तेजित स्थानीयले ढुंगा प्रहार गर्दा एक प्रहरी घाइते भएका छन् ।

खोक्लिङ्स्थित मोती उच्च माध्यामिक विद्यालय व्यवस्थापन समितिको बैठकमा यसअघि यौन–दुव्र्यवहार प्रकरणमा मुछिएका व्यवस्थापन समिति सदस्य युवराज थापा आएपछि स्थानीय महिलाहरुको समूहले त्यसको विरोध गरेका थिए ।

उक्त विवाद बढदै गएर थापमाथि आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरेको थियो ।

भीड नियन्त्रण गर्न खोज्दा स्थानीयको आक्रमणमा परी अस्थायी प्रहरी चौकी खोक्लिङका ईञ्चार्ज असई सोम श्रेष्ठ घाईते भएका हुन । उनको टाउकोमा चोट लागेको छ ।

स्थानीय सन्तोष थापाका अनुसार गम्भीर अवस्थामा रहेका असई श्रेष्ठको टाउकोमा दशवटा टाँका लगाइएको छ ।

घाईते श्रेष्ठलाई ईलाका स्वास्थ्य चौकी खोक्लिङमा प्रारम्भिक उपचार पछि जिल्ला अस्पताल ल्याइदैछ ।

प्रहरीले १२ जना महिला र एक पुरुषलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । घटनास्थलमा थप प्रहरी परिचालन गरिएको र अहिले स्थिति नियन्त्रणमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले जानकारी दिए ।
लक्ष्मी गौतम

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>