समाचारबुधबार, फाल्गुण १२, २०७२

पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहिन

हिमालखबर

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ।

१२ फागुन विहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ९ एनएएचएच ट्वीनअटर विमान जोमसोममा ८ः१० बजे ल्याण्ड हुनुपर्नेमा सम्पर्क विहिन हुन पुगेको नागरिक उड्डयन कार्यालय, पोखराका प्रशासकीय अधिकृत काशीनाथ पौडेलले जानकारी दिए  ।

विमानमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना रहेको उनले जानकारी दिए ।  पौडेलका अनुसार जहाजको खोजी भइरहेको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीका अनुसार जहाज म्याग्दीको कुनै स्थानमा दुर्घटनामा परेको हुनसक्ने संभावनालाई दृष्टिगत गरी नेपाली सेनाको हेलिकप्टर र एयर डाइनेष्टीको हेलिकप्टरबाट खोजीकार्य भइरहेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>