समाचारबुधबार, फाल्गुण १२, २०७२
इन्द्रपुरका किशोरी विद्यालय जान पाउँदैनन्
नेपालगञ्ज उपमहानगरपालिका–२६ इन्द्रपुरका मुस्लिम तथा मधेशी समुदायका अधिकांश बालिका किशोरी अवस्थामा पुग्नासाथ परिवारले विद्यालय जान नदिने गरेको पाइएको छ ।
किशोरीलाई विद्यालय नपठाउने कारणमध्ये बालविवाह प्रमुख रहेकोे छ ।
बाँकेको गैरसरकारी संस्था फातिमा फाउन्डेसनले केही महिनाअघि गरेको अध्ययनबाट इन्द्रपुरका ९० प्रतिशतभन्दा बढी बालिकाको १२ देखि १४ वर्षको उमेरमै विवाह हुने गरेकाले विद्यालय छोडनु पर्ने अवस्था रहेको देखिन्छ ।
करिब १० हजार जनसङ्ख्या रहेको इन्द्रपुरका तीन प्राथमिक, एक निम्न माध्यमिक विद्यालय तथा तीन मदरसामा हाल एक हजार ४७४ जना विद्यार्थी अध्ययनरत् छन् ।
त्यसमध्ये छात्राको सङ्ख्या ७१० जना रहेको देखाए पनि आधा छात्राले बीचमै अध्ययन छाडेको शिक्षक बताउँछन् ।
अधिकांश परिवारको कमजोर आर्थिक अवस्था हुनु, विद्यालय तथा मदरसाको भौतिक पूर्वाधार जीर्ण हुनु पनि बालिका विद्यालय नआउनुको अर्को कारण भएको छ ।
स्थानीय तहका विभिन्न सरोकारवाला सरकारी तथा गैरसरकारी निकायबाट अभिभावक, शिक्षक, बालिका, नागरिक समाजका अगुवा, अधिकारकर्मी तथा सरोकारवाला निकायका पदाधिकारीलाई एकै थलोमा राखेर बालिका शिक्षाको विषयमा संवाद कार्यक्रम सञ्चालनको अभियान नै थालिएको छ ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
