समाचारबुधबार, फाल्गुण १२, २०७२
वेपत्ता विमानमा को को थिए (नामावली सहित)
पोखराबाट जोमसोमका लागि बुधवार विहान ७:५७ बजे उडेको तारा एयरको नाइन एनएएचएच ट्वीन अटर विमान सम्पर्कबिहीन भएको छ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले म्याग्दीको रुप्से झरनाभन्दा केही माथि आगोको मुस्लो देखिएको खबर पाएपछि हेलिकप्टरले त्यसतर्फ खोजिरहे पनि एकिन हुन नसकेको बताएका छन् ।
उनले नेपाली सेना र प्रहरी पनि स्थलमार्गबाटै त्यसतर्फ परिचालन गरिएको जानकारी दिए ।
बाक्लो हुस्सुले गर्दा खोजी कार्यमा वाधा भइरहेको उनले बताए । “भिजिविलिटीको समस्या छ, बाक्लो हुस्सु छ, केही देखिंदैन,” उनले भने ।
तारा एयरको उक्त विमानमा चालक दलका सदस्य बरिष्ठ पाइलट रोशन मानन्धर, कोपाइलट विकेश नेमकुल र परिचारिका रमा रावल थिए ।
यात्रुहरुमा दुई जना शिशु, १० महिला गरी २३ जना सवार थिए ।
यात्रुको नामावली
१)रलरसेद अहमद एए (कुवेती नागरिक)
२) रेवती बराल
३) मुक्तिनाथ वास्तोला
४) विनाता भट्टचन
५) कृष्णलाल भट्टचन
६) दिलकुमारी गौचन
७) देवीजंग गुरुङ
८) फेन्जोक गुरुङ
९) लक्ष्मी हिराचन
१०) मोतीबहादुर केसी
११) पवित्रा केसी
१२) लेप्साङ लामा
१३) बालकृष्ण न्युरे
१४) कान्छा परियार
१५) डोल्मा छिरिङ शेर्पा
१६) राजकुमार तामाङ
१७) कमला थकाली
१८) माक सिउ यिङ (चिनियाँ नागरिक,महिला)
१९) बालक
२०) बालिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
