Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
विमान दुर्घटना अपडेटः १९ जनाको शव फेला, हिमपात र झरीले उद्धारमा कठिनाई - Himalkhabar.com

समाचारबुधबार, फाल्गुण १२, २०७२

विमान दुर्घटना अपडेटः १९ जनाको शव फेला, हिमपात र झरीले उद्धारमा कठिनाई

हिमालखबर

आज १२ फागुन विहान तारा एयरको विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना गाविस– २ स्थित सोलीघोप्टे भिरबाट १९ जनाको शव फेला पारिएको छ ।

गत हप्ता सुर्खेतबाट डोल्पाका लागि विमान उडाउँदै गरेका क्याप्टेन रोशन मानन्धर । तारा एयरको यही विमान आज १२ फागुनमा दुर्घटनामा परेको हो । तस्वीरः कुन्द दीक्षित

गत हप्ता सुर्खेतबाट डोल्पाका लागि विमान उडाउँदै गरेका क्याप्टेन रोशन मानन्धर । तारा एयरको यही विमान आज १२ फागुनमा दुर्घटनामा परेको हो । तस्वीरः कुन्द दीक्षित

नाम ठेगाना खुल्न नसकेका दुई बालबालिकाको शव चिन्न सकिने भए पनि अन्य यात्रुको शव डढेको अवस्थामा फेला परेको छ ।

भिरमा ठोक्किएर दुर्घटना भएको विमान पूरै जलेको र शव यत्रतत्र छरिएर रहेका घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय दानाका प्रहरी जवान विजय शर्माले जानकारी दिएका छन् ।

“शव सङ्कलन गर्न हिमपातका कारण कठिनाइ भइरहेको छ,” उनले भने ।

दुर्घटनास्थलमा झरीसँगै हिमपात भइरहेकाले उद्धारका लागि आएको नेपाली सेनाको हेलिकोप्टर अवतरण गर्न सकेको छैन ।

अहिले घटनास्थलमा प्रहरी र स्थानीयवासीको टोली सक्रिय छ ।

सेनानी सञ्जीव दाहाल नेतृत्वको नेपाली सेनाको ३० जनाको टोली एक घन्टा वरको दाना गाविसकै हार्मेमा शिविर खडा गरेर बसेको छ ।

“तत्काल खोँचमा अन्य शव खोज्न सकिने स्थिति छैन,” प्रहरी जवान शर्माले भने ।

दाना प्रहरी चौकीका प्रहरी जवान फुलकुमार थापा र स्थानीय बासिन्दाले आज दिउँसो सम्पर्कविहीन विमान फेला पारेका थिए ।

आज बिहानै उद्धारका लागि गएका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी नायब उपरीक्षक विश्वराज खड्कासहितको टोली अझै दुर्घटनास्थलमा पुग्न सकेको छैन ।

बिहान ७ः५० बजे पोखराबाट जोमसोमका लागि उडेको ९ एनएएचएच ट्वीनअटर विमानमा दुई बालबालिकासहित २० यात्रु र चालकदलका तीन सदस्य थिए ।

 

 शव भोलिमात्र ल्याइने

जहाज दुर्घटनामा परी मृत्यु हुनेको शव भोलिमात्र पोखरा ल्याइने भएको छ ।

खराब मौसमका कारण आज शव ल्याउन सक्ने अवस्था नरहेको पोखरा विमानस्थल कार्यालयका प्रमुख दीपक बरालले  जानकारी दिए

अत्यन्त विकट भौगोलिक अवस्थितिमा रहेको सोलीघोप्टेको भिरमा शव टाढाटाढासम्म छरिएकाले संकलनमै कठिनाई छ ।

दुर्घटनामा परेका व्यक्तिका आफन्त बिहानैदेखि दिनभर पोखरा विमानस्थल कार्यालयमा शोकाकुल अवस्थामा थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>