Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तारा एयर दुर्घटना: शव संकलन गरिंदै - Himalkhabar.com

समाचारबिहीबार, फाल्गुण १३, २०७२

तारा एयर दुर्घटना: शव संकलन गरिंदै

हिमालखबर

म्याग्दीको दाना–२ सोलीघोप्टे भीरमा हिजो भएको तारा एयरको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव सङ्कलन शुरु भएको छ ।

घटनास्थलमा उद्धार सामग्रीसहित पुगेको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले मृतकको शव सङ्कलन गरी पोखरा पठाउने तयारी गरेको हो ।

घटनास्थलमा तीनवटै निकायका करिब २०० सुरक्षाकर्मी परिचालन भएका र मौसम सफा भएकाले सजिलो भएको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।

उन्नाइसवटा शव घटनास्थलमा भेटिएका छन् । थप चारवटा शवको खोजी भइरहेको छ । शव सङ्कलन गरी हेलिकप्टरमार्फत  पठाउने तयारी गरिएको हो ।

भौगोलिक रुपमा बिकट उक्त स्थानमा बुधबार दिनभर हुस्सु लागेको र सामान्य वर्षा भएकाले घटनास्थल पहिचान भएपनि अन्य काम हुन सकेको थिएन ।

चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>