समाचारबिहीबार, फाल्गुण १३, २०७२

कांग्रेस भक्तपुर अधिवेशनः सभापतिको फेरि निर्वाचन हुने

हिमालखबर

नेपाली कांग्रेस भक्तपुर जिल्ला अधिवेशनको निर्वाचनमा जिल्ला सभापतिका चार उम्मेदवारमध्ये कसैले पनि स्पष्ट बहुमत नल्याएपछि पुनः निर्वाचन हुने भएको छ ।

भक्तपुरमा हिजो १२ फागुनमा भएको निर्वाचनपछि राति अबेर आएको नतिजा अनुसार नेता शेरबहादुर देउवा पक्षका उम्मेदवार एवम् कांग्रेस भक्तपरका निवर्तमान सभापति गणेश चक्रधरले १२५ र देउवा पक्ष कै वागी उम्मेदवार दुर्लभ थापाले १४७ मत ल्याएका थिए ।

संस्थापन पक्षका सभापतिका उम्मेदवार अष्टकुमार कुँवरले १४४ मत, संस्थापन कै वागी उम्मेदवार राजाराम खड्काले ३८ मत प्राप्त गरे ।

कांग्रेस विधान अनुसार स्पष्ट बहुमत कसैको नआए पनि संस्थापनका कुँवर र देउवा पक्षका थापाको मत बढी भएको आधारमा दुई जनाबीच आगामी शनिवार पुनः निर्वाचन हुने भएको छ ।

अधिवेशनबाट निर्वाचित पदाधिकारीमध्ये सचिवमा उद्धव सिलवाल १७२ मत प्राप्त गरेर निर्वाचित भएका छन् भने कोषाध्यक्षमा विजेश अवाल १४७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

जिल्ला सदस्यमा किरण न्यौपाने, मुरारी आचार्य, निशान ढुङ्गेल, धर्मराज थापा, नवराज दाहाल, प्रेम खत्री, हरि नेपाल, राजनकाजी त्वाती, केदार खड्का, गोकुल शर्मा निर्वाचित भएका छन् ।

त्यसैगरी महिला जिल्ला सदस्यतर्फ सारदा झा, उर्मिला वन, निलकमल ध्वजू, सचिला खड्का, दलित तर्फ राम बोगटी र रोजी विशुङ्खे, आदीवासी जनजाति तर्फ किरण माकजु, शिवराम श्रेष्ठ, अल्पसङ्ख्यकमा शशी बस्नेत, रमा ढकाल शिल्पकार निर्वाचित भएका छन् ।

महासमिति सदस्यमा भने गणेशमान चक्रधर, रामेश्वर ढुङ्गेल, विनोद कायस्थ, बाबुराजा जोशी, मदनकृष्ण श्रेष्ठ, प्रवीण वन, निशान ढुङ्गेल, रजनी जोन्छे, सुभद्रा काफ्ले, विष्णुराज कार्की, जगन्नाथ कार्की, निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>