समाचारबिहीबार, फाल्गुण १३, २०७२

विमान दुर्घटना अपडेटः भेटिएका शव हेलिकप्टरबाट अाेसारिंदै

हिमालखबर

हिजो, १२ फागुनमा तारा एयरको विमान दुर्घटना भएको ठाउँ म्याग्दीको दाना–२ सोलिघोप्टे भीरबाट १० वटा शव संकलन गरी हेलिकप्टरबाट दाना– ४ मा ल्याइएको प्रहरीले जनाएको छ ।

घटनास्थलबाट मध्याह्न १२ बजेसम्म २० जनाको शव संकलन भइसकेको र अन्य शवको खोजी कार्य जारी रहेको पनि नेपाल प्रहरीले जनाएको छ ।

आज विहान ८ बजेपछि मौषम सफा भएपछि उद्धार कार्य शुरु गरिएको हो ।

घटनास्थलमा नेपाली सेनाको २४ जनाको टोली, नेपाल प्रहरीको ८१ जना र सशस्त्र प्रहरीको ३५ जनाको टोली खटिएको छ ।

एयर डाइनेष्टिको हेलिकप्टरले आज विहान घटनास्थलमा दुई पटकसम्म गरेको अवतरण प्रयास हावाको तिव्र गतिका कारण असफ भए पनि तेस्रो पटक करिब ११ बजे भने अवतरण गर्न सफल भएको थियो ।

चालक दलका तीनसहित २३ जना सवार तारा एयरको ट्विनअटर विमान बुधबार बिहान सोलीघोप्टेको पहाडमा ठोक्किएर दुर्घटना हुँदा सबै यात्रुको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>