समाचारबिहीबार, फाल्गुण १३, २०७२

अमेरिकाले ६६ नेपाली सामाग्रीलाई भन्सार छुट दिने

हिमालखबर

obamaअमेरिकाले नेपाललाई ६६ प्रकारका सामाग्री निर्यातमा भन्सार छुट सुविधा दिने भएको छ ।

अमेरिकी राष्ट्रपति बाराक ओबामा स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने उक्त कानूनमा बुधबार हस्ताक्षर गरेको काठमाडौंस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।

उक्त कानून लागू भएपछि नेपालले गलैंचा, टोपी, च्यादर, गलबन्दी र यात्रा सामाग्री लगायता ६६ प्रकारका सामाग्री अमेरिकी निर्यात गर्दा भन्सार छुट पाउने छ ।

यस्तो छुट १० वर्षसम्मका लागि हुने दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भूकम्पछि बिग्रिएको आर्थिक अवस्था सुधारका लागि नेपाललाई विशेष सुविधा उपलब्ध गराइएको हो ।

अमेरिकी बजारमा नेपाली व्यापारव्यवसाय बढाउनका लागि यो निकै ठूलो अवसर भएको राजदूत अलाइना बी टेपलेट्जले बताएकी छन् ।

अमेरिकी बजारमा यस्ता सामाग्रीहरुको आयात वृद्धि हुँदा त्यहाँको अर्थतन्त्रमा नकारात्मक असर पर्ने–नपर्ने समिक्षा हुने र त्यसपछि मात्रै यो कानून लागू हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>