समाचारबिहीबार, फाल्गुण १३, २०७२
बङ्गलादेशबाट सिधै आयात हुने सम्झौता महत्वपूर्णः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार दलका नेताहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् ।
बालुवाटारमा नेताहरुलाई बोलाएर भ्रमणबारे जानकारी गराएका हुन् । उनले भारतीय समकक्षीलाई अडानका साथ आफ्ना कुरा राखेको बताए । प्रधानमन्त्री ओलीले भने, “मोदीजीलाई दुई चार जना मान्छेसँग होइन, नेपालको बारेमा सिधै सरकारसँग कुरा गर्नुपर्छ भने ।”
९० प्रतिशतको बहुमतले जारी गरेको संविधानमा असन्तुष्टि जनाएकोबारे प्रधानमन्त्री मोदीसँग जवाफ मागेको उनले बताए । ओलीले भने, “मोदीजीले सवै मिलेर अघि बढ्नुहोस् भन्ने चाहना मात्रै राखेको प्रतिक्रिया दिए ।”
प्रधानमन्त्री ओलीले बङ्गलादेशबाट सिधै आयात गर्न सकिने सहमति महत्वपूर्ण उपलब्धी भएको बताए । उनले भारतका विभिन्न ठाँउमा आफूलाई भब्य स्वागत भएको जानकारी गराए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
