समाचारबिहीबार, फाल्गुण १३, २०७२

कांग्रेस बैठकः नीति तथा कार्यक्रममाथि चर्काे आलोचना

हिमालखबर

NCआगामी २०–२३ फागुनमा हुन लागेको १३औं महाधिवेशनमा पेश हुने नीति तथा कार्यक्रमको मस्यौदामाथि केन्द्रीय सदस्यहरुले चर्काे आलोचना गरेका छन् ।

कार्यबाहक सभापति रामचन्द्र पौडेल संयोजकत्व समितिले पेश गरेको नीति तथा कार्यक्रमको मस्यौदाले संविधान जारी भएपछिको अवस्था समेट्न नसकेको भन्दै आलोचना गरिएको छ । अधिकांशले पुनःलेखनको माग गरेका थिए ।

केन्द्रीय सदस्य रामशरण महतले नीति तथा कार्यक्रम अमूर्त भएको र नयाँ परिवेशअनुसारको मुद्दा समेट्न नसकेको बताए । उनले पुनःलेखनको माग गरेका थिए ।

केन्द्रीय सदस्य गगन थापाले संविधान बनेपछिको नयाँ चरणमा जनतालाई उत्साहित पार्ने कार्यक्रम नआएको बताए । थापाले अधिकांश कार्यक्रम पुरानै दोहोरिएर आएकाले संविधान कार्यान्वयनको ठोस कार्यक्रम नआएको बताए ।

उनले भने, “मधेश आन्दोलन, नाकाबन्दीजस्ता महत्वपूर्ण राजनीतिक विषय नै छुटेको छ । अवको ४÷५ वर्षभित्र मुलुकलाई कहाँ पुर्‍याउन चाहेको हो ? भन्ने कुरा स्पष्ट हुनुपर्छ ।”

धनराज गुरुङले अस्पष्ट नीति तथा कार्यक्रम आएकाले प्रष्ट पार्न सुझाव दिए । बैठकमा नेताहरु सुर्यमान गुरुङ, कविर तामाङ, मीनबहादुर विश्वकर्मा, जीवन शाही, शंकर भण्डारी, प्रदिप पौडेल, कमला पन्लगायत १५ जनाले बोलेका थिए ।

चर्काे आलोचनापछि कार्यबाहक सभापति पौडेलले सवैको सुझाव समेटेर नीति तथा कार्यक्रम पुनःलेखन गर्ने बताए । प्रवक्ता दिलेन्द्रप्रसाद बडूले नीति तथा कार्यक्रममाथि अव लिखित सुझाव मात्रै लिइने बताए ।

विधान संशोधन मस्यौदा समितिका संयोजक आनन्दप्रसाद ढुंगाना अनुपस्थित भएकाले उक्त मस्यौदा भने पेश हुन सकेन । आजको बैठकमा विधान संशोधन मस्यौदा पेश गर्ने कार्यक्रम तय भएको थियो ।

–कपिल भट्ट, काठमाडौं

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>