समाचारशुक्रबार, फाल्गुण १४, २०७२

उम्मेदवारी तय गर्न पौडेल निवासमा बैठक

हिमालखबर

नेपाली कांग्रेस संस्थापन पक्षबाट उम्मेद्वारी तय गर्न कार्यबाहक सभापति रामचन्द्र पौडेलको निवासमा अहिले बैठक बसिरहेको छ ।

कांग्रेस संस्थापनपक्षका एक नेताका अनुसार बैठकमा कम्तिमा सभापति र महामन्त्रीको उम्मेदवार टुंगो लगाउने प्रयत्न भइरहेको छ ।

“अहिलेसम्म टुंगो लाग्न सकेको छैन, तर छलफल भइरहेको छ”, ती नेताले भने ।

हिजो, १३ माघमा पनि कांग्रेस केन्द्रीय सदस्य रामशरण महतको घरमा पहिलो चरणको छलफल भएको थियो ।

छलफलमा सभापतिमा पौडेलसहित प्रकाशमान सिंह, शशांक कोइराला, शेखर कोइरालालगायतको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>