समाचारशुक्रबार, फाल्गुण १४, २०७२

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान दुर्घटना

हिमालखबर

केही बेरअघि कालिकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमान चालक दलका एक सदस्यको निधन भएको स्थानीयले जानकारी दिएका छन् ।

जिल्ला सदरमुकामदेखि ४ घण्टाको दुरीमा रहेको पाडमघाट क्षेत्रमा विमान दुर्घटना भएको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले पुष्टि गरेको छ ।

स्थानीवासी नन्दबहादुर कटुवालकाअनुसार दुर्घटनामा चालक दलका एक सदस्यको मृत्यु भएको छ । उनको नाम खुल्न सकेको छैन भने अर्का एक जनाको अवस्था गम्भीर छ ।

दुर्घटनामा एक बालकसहित अन्य नौजना घाइते भएको उनले बताए ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको नाइनएनएजेविको एअर काष्ठमण्डपको हवाईजहाज चिल्खाया गाविस–२ परगाउँमा दिउँसो दुर्घटना भएको हो ।

घाइतेको स्वास्थ्य चौकी चिल्खायामा उपचार भइरहेको छ । हवाईजहाजको अगाडिको भाग क्षतविक्षत भएको बताइएको छ ।
—————————————————————————————————————–

नेपालगञ्जबाट जुम्लाका लागि उडेको विमान दुर्घटना
हिमालखबर
नेपालगञ्जबाट जुम्लाका लागि उडेको काष्ठमण्डप एयरको विमान कालिकोटमा दुर्घटना भएको छ ।

विमानमा प्राविधिक गडबडी आएपछि आकस्मिक अवतरण गर्ने क्रममा कालिकोटको चिलखाया गाविस–२ मा विमान दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार घटनास्थल नजिकै रहेका स्थानीय सामाजिक परिचालकले दिएको जानकारी अनुसार विमानमा सवार यात्रुहरु घाइते भएका छन् ।

घटनास्थलतर्फ नेपाली सेना र प्रहरी परिचाल भइसकेको र कालिकोट सदरमुकामबाट घटनास्थल ४ घण्टको दुरीमा रहेको उनले बताए ।

काष्ठमाण्डप एयरका कर्मचारी शैलेष श्रेष्ठले विमान दुर्घटना भए पनि यात्रुहरु भने सकुशल नै रहेको खबर प्राप्त भएको बताए । उद्धारका लागि त्यसतर्फ हेलिकप्टर पठाउँदै गरेको उनले बताए ।

जुम्लाका निमित्त प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ परिचालित भइसकेको बताए ।

घटनास्थल जुम्ला सदरमुकामबाट ४० किलोमिटरको दूरीमा रहेको र दुई घण्टामा पुगिने उनले बताए ।

विमानमा ९ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

उक्त विमान १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>