समाचारशुक्रबार, फाल्गुण १४, २०७२

कांग्रेस बारामा चौरसिया निर्वाचित

हिमालखबर

नेपाली कांग्रेस बाराको सभापतिमा जयचन्द्र चौरसिया निर्वाचित भएका छन् ।

निकटतम प्रतिद्वन्द्वी रामानन्द यादवलाई ६६ मतको अन्तरले पराजित गरेका चौरसियाले ५३५ प्राप्त गरेका थिए ।

त्यस्तै सचिवमा मनोज भट्ट, कोषाध्यक्षमा चन्द्रशेखर यादव निर्वाचित भएका छन् ।

हिजो, १३ फागुन साँझ सम्पन्न निर्वाचनको मतगणना राति १० बजे देखि शुरु भएको हो ।

सभापतिमा निर्वाचित चौरसिया कांग्रेस बाराका निवर्तमान सभापति राधेचन्द्र यादव निकटका हुन भने यादवलाई कांग्रेस केन्द्रीय सदस्य उमाकान्त चौधरीले समर्थन गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>