समाचारशुक्रबार, फाल्गुण १४, २०७२
‘आन्दोलन गरेर थाक्नु भो, अब सरकारमा आउनुहोस’
संविधानबारे जनतलाई जानकारी गराउन भन्दै एमालेले भैरहवामा आमसभाको आयोजना गरेको छ ।

तस्वीर: दीपक ज्ञवाली
‘जनताको संबिधान जनताको माझमा’ भन्ने नाराका साथ १४ फागुनमा आयोजित सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केप शर्मा ओलीले मधेशी मोर्चालाई आन्दोलन छोडेर सरकारमा सहभागी हुन आग्रह गरे ।
“आन्दोलन गरेर थाक्नु भो, अब सरकारमा आउनुहोस,” ओलीले भने– “अब पनि आन्दोलन गर्नुको अर्थ छैन ।”
संबिधान संशोधनबाट मोर्चाका सबै माग सम्बोधन भएको भन्दै ओलीले अब कुनै अनुचित माग संबोधन नहुने बताए । भने, “झोला किनिदिन सकिन्छ । हात्ति पनि किन्दिन सकिन्छ । तर झोलामा त्यो हात्ति हालिदिन सकिन्न ।”
नाकाबन्दी नखुलेसम्म भारत भ्रमण नगएको बताउँदै उनले भ्रमणबाट ठूलो उपलब्धि भएको दाबी गरे ।
नेपाल र भारतबीच अब नयाँ आवश्यकता अनुसारको मित्रता जरुरी भएको दुबै देशले स्वीकार गरेको बताउदै उनले नेपालको संबिधानबारे भारतमा अब कुनै भ्रम नरहेको दाबी गरेका थिए ।
उनले तराई मधेशमा संबिधानबारे धेरै भ्रमहरु फैलाइएको भन्दै थपे, “हल्ला जस्तो हैन । सबै नेपालीले नागरिकता पाउंछन् । भेदभाव हुंदैन ।”

तस्वीर: दीपक ज्ञवाली
एक बर्षभित्र लोडसेडिंग अन्त्य हुने, अर्को बर्ष औद्योगीक क्षेत्रका लागि बिद्युत अभाव अन्त्य गर्ने, तीन बर्षभित्र लुम्बिनीको आमूल परिवर्तन हुने लगायतका अभिव्यक्तिहरु उनले दोहो¥याए ।
एमाले लुम्बिनीले आयोजना गरेको कार्यक्रममा ईश्वर पोखरेल, बिष्णु पौडेल, घनश्याम भुषाल, पृथ्बी सुब्बा गरुङ लगायत नेताहरुले संबोधन गरेका थिए ।
मधेशी मोर्चाको आन्दोलनले पटक पटक प्रभाबित भएको भैरहवामा आन्दोलनपछि एमालेले पहिलो पटक बृहद प्रदर्शन र सभा गरेको हो ।
दीपक ज्ञवाली, भैरहवाबाट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
