थप समाचारशुक्रबार, फाल्गुण १४, २०७२

सडक दुर्घटनामा बाबु–छोरीको मृत्यु

हिमालखबर

लुम्विनी–तौलिहवा सडकखण्डको पकडी–३ मा भएको मोटर साईकल दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

लु १ प ३५३३ नम्बरको मोटरसाईकललाई  ट्याक्टरले ठक्कर दिंदा मोटरसाईकलमा सवार जहदी गाविस–२ का ३७ वर्षीय अब्दुल रहमान मुसलमान र उनकी छोरी १६ वर्षीया आसमा खातुनको मृत्यु भएको हो ।

प्रहरी उपरीक्षक विष्णु केसीका अनुसार मोटरसाईकलमा ३ जना सवार रहेका कारण नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हो ।

ट्याक्टर चालक फरार छन् भने ट्याक्टर ईलाका प्रहरी कार्यालय पकडीको नियन्त्रणमा छ ।
गोपाल भण्डारी, कपिलवस्तु

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...